अनिल खत्री
१५ बैशाख, गुल्मी झाडापखला फैलिएको स्थानमा बिश्व स्वस्थ्य संगठनले सचेतना कार्यक्रम गरि रहेका छन् ।
प्रभावित क्षेत्रमा खानेपानीका कारणबाट भएको हुदा खानेपानी डिभिजन कार्यालय र बिश्व स्वस्थ्य संगठनको टोलिले पानीको गुणस्तर मापन र शुद्धीकरणको लागि आबश्यक पहल गर्ने भएका छन् ।
सिङ्गो गाउँ नैै प्रभावित बनेपछि काठमाडौंबाट बिशेषज्ञ डक्टर सहित अनुसन्धान गर्न बिश्व स्वास्थ्य सठन को समन्वयमा इपिडियोनोलोजि तथा रोग नियन्त्रण महाशाखाबाट टोली गुल्मी आएको छ ।
टोलीले प्रभावित क्षेत्रमा बिरामीले प्रयोग गरेको पानी र त्यहाको अबस्था बारे स्थलगत अध्यन र परिक्षणका लागि लैजाने भएको छ ।
बिश्व स्वास्थ्य सठन को समन्वयमा इपिडियोनोलोजि तथा रोग नियन्त्रण महाशाखाबाट टोलीले प्रभावित क्षेत्रमा स्थानियलाई राखेर पानी उमालेर प्रयोग गर्न,हात मिचिमिची धुने लगायतका सल्लाह,सुझाव दिई विरामी सङ्ग भेटघाट गरेर सचेतना कार्यक्रम गरिहेको छ ।
गत हप्ता देखि गुल्मी जिल्लाको मुसिकोट नगरपालिका ४ दजाकोटमा फैलिएको झाडापखलाबाट एक बालकको मृत्यु भएको छ ।
सिङ्गो गाउँमा फैलिएको झाडा पखलाबाट आइतवारसम्म १ सय ९० जना बिरामी भएका छन् ।
जिल्ला स्वास्थ्य कार्यलय गुल्मी र गुल्मी अस्पतालका डाक्टरको सञ्चालनले गरेको अस्थायी शिविरबाट झाडापखलाको प्रकोप केही कम भए पनि नियन्त्रणमा आउन सकेको छैन् ।
झडापखला प्रभावित क्षेत्रमा जिल्ला समन्वय समिति गुल्मीको नेतृत्वमा जिल्ला स्थित उच्च अधिकारीले अनुगमन समेत गरेका छन् ।
एउटै मुलको पानी पिउने स्थानियहरुमा झाडापखला फैलिएको छ ।
पानी परिक्षण गर्दा दिसामा पाईने कोलिफर्म भेटिएको गुल्मी अस्पताल प्रमुख उत्तम पच्चाले बताए भयो । विरामी परेकाहरु मध्ये ६ जनाको गुल्मी अस्पताल तम्घास, एक जनाको चितवन उपचार भइरहेको छ ।
गुल्मी अस्पतालमा उपचारत मध्ये ३ जना निको भएर घर फर्किएका छन् भने नयाँ आएका बिरामीहरु ३ जना उपचार भइरहेको छ । अन्य केही व्यक्तिको सोही ठाउँमा संचालन गरिएको अस्थाई स्वास्थ्य शिविरमा उपचार भैरहेको छ ।
झाडापखालाले आइतवार बिरामीहरु घट्दै गएपनि उपचार गराएर घर फर्केका बिरामीहरु पुनः उहि समस्या दोहोरिएर आउने गरेका छन् ।