गुल्मी बैशाख १६,
गुल्मीको इस्मा गाउँपालिकामा खानेपानी ट्यांकीमा विष राखेको भ्रम फैलाउँने तीन महिला पक्राउ परेका छन् ।
इस्मा गाउँपालिकाका ३ र ४ ले पिउने गरेको खानेपानी ट्यांकीमा कसैले विष राखेको भ्रम फैलाउने गरेको आरोपमा इस्मा प्रहरीचौकीले तीनजना महिलालाई पक्राउ गरी नियन्त्रणमा लिएको हो ।
गाउँपालिका ४ दोहली बाझा टोलको गुरुङगाडे भन्ने स्थानमा रहेको पानी ट्यांकीमा कसैले विष मिसाएको भन्ने हल्ला फैलाउने तीनजना महिलालाई नियन्त्रणमा लिई प्रहरीचौकीतर्फ लैजान लागेको चौकी प्रमुख प्रहरी नायव निरीक्षक विजयदत्त तिवारीले बताए। ‘ती महिलामध्ये एकले अर्कोलाई पोल्ने गरेका छन्’– तिवारीले भने– ‘कसैले देखेको र विष राखेको भन्ने टुङ्गो छैन, पानी परीक्षण गर्न लगिएको छ, त्यसपछि मात्र विष राखे न राखेको पुष्टि हुनेछ ।’
महिलाको नाम अहिले गोप्य राखी अनुसन्धान गरिएको प्रहरी नायव निरीक्षक तिवारीले बताए। स्थानीय समाजसेवी विष्णु सुनारका अनुसार अहिले ट्यांकी रहेको स्थानमा ४० देखि ५० जनासम्म उपभोक्ता जम्मा भएका छन।
त्यस ट्यांकीबाट वडा ३ र ४ अर्थात साविक दोहली र दर्लामचौरका झण्डै ५०० घुरीले पानी पिउने बताइएको छ। उक्त ट्यांकीको पानी श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्णराज विष्टको परिवाले पनि पिउने गर्दछन।
समाचार आएलगत्तै प्रमुख जिल्ला अधिकारी अदुनाथ पौड्याल र प्रहरी प्रमुख एसपी दिपककुमार बस्नेतले चासो दिएको र हल्ला फैलाउने ती महिलाहरुलाई हत्कडी लगाएर सदरमुकाम ल्याउन प्रहरी प्रमुख बस्नेतले आदेश दिएको नेपाल पत्रकार महासंघ गुल्मीका उपाध्यक्ष अनिल खत्रीले जानकारी दिए ।
समाचार आएलगत्तै प्रमुख जिल्ला अधिकारी अदुनाथ पौड्याल र प्रहरी प्रमुख एसपी दिपककुमार बस्नेतले चासो दिएको र हल्ला फैलाउने ती महिलाहरुलाई हत्कडी लगाएर सदरमुकाम ल्याउन प्रहरी प्रमुख बस्नेतले आदेश दिएको नेपाल पत्रकार महासंघ गुल्मीका उपाध्यक्ष अनिल खत्रीले जानकारी दिए ।
केहिवेर अघि मन्त्री विष्टका दाजु तथा ईस्मा गाउँपालिका प्रमुख लक्ष्मण विष्टले उक्त ट्याङकीको पानी स्याम्पल लिएर परीक्षण गराउन सदरमुकाम तम्घासतर्फ आउँदै गरेको बताएका छन् । केही कुरौटे महिलाहरुका कारण त्यति धेरै उपभोक्ताहरु सोमवार बिहानदेखि पिउने पानीबाट बञ्चित भएका छन ।