अनिल खत्री
१८ बैशाख, गुल्मी
सवारी दुर्घटनालाई न्यूनिकरणका लागि गुल्मीमा ट्राफिक प्रहरीले सडकमै चालकको स्वास्थ्य परिक्षण गरेका छन । जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीले दुर्घटना न्यूनिकरणको लागि एक हप्ते कार्यक्रम अन्र्तगत बिभिन्न सवारी चालक र सह–चालकलाई सडकमै स्वस्थ्य शिबिर राखेर निशुल्क रुपमा स्वास्थ्य परिक्षण गरेको हो ।
सदरमुकाम तम्घासको बसपार्कमा बिशेषज्ञ डक्टर सहित सडकमै स्वस्थ्य शिबिर राखेर झण्डै ६० भन्दा वढि चालक सह–चालकको स्वास्थ्य परिक्षण गरिएको जिल्ला ट्राफिक कार्यालय गुल्मीका प्रहरी सहायक निरिक्षक नारायण खनालले बताउनुभयो ।
गुल्मी अस्पतालका डाक्टर र औषधी सहित बिभिन्न सवारी चालक र सह–चालकलाई सडकमै स्वास्थ्य शिबिर राखेर स्वास्थ्य परिक्षण गरिएको छ ।
दुर्घटना न्यूनिकरणमा चाललको स्वास्थ्य पनि महत्वपूण रहेकाले चालक सह–चालकको शारारिक मानशिक चेक जाँच गरेर औषधी पनि बितरण गरिएकोे खनालले जानकारी दिनुभयो ।
चेक जाँचमा कतिपय ब्लड पेसर हाइभएका चालकहरु भेटिएको र उनिहरुलाई निरन्तर औषधी सेवन सवारी साधन चलाउन सुझाव दिइएको खनालले बताउनुभयो ।
सवारी चलाउदा चालकले मानशिक तनावमा चलाए दुर्घटना पनि बढने भएकाले चालकहरुलाई स्वस्थ्य चेकजाँच सहित उनिहरुलाई सुझावहरु पनि दिइएको थियो । दुर्घटना न्युनिकरण सम्बन्धमा ठाँऊको ठाँऊ सुधार भन्ने अभियानका साथ जिल्ला ट्राफिक प्रहरी कार्यालयले गुल्मीले दुर्घटना न्यूनिकरणको लागि एक हप्ते जनचेतनामूलक कार्यक्रम शुरु गरेको हो ।
कार्यक्रम अन्र्तगत चरण बद्ध कार्यक्रमहरु गर्दै आएको छ । ट्राफिक नियम जानकारी नहँुदा दुर्घटना बढ्दै गएको भन्दै प्रहरीले अभियानलाई प्रभावकारी बनाउन बिभिन्न तरिकाहरुबाट कार्यक्रमहरु सञ्चालन गरेको जिल्ला ट्राफिक कार्यालय गुल्मीका प्रहरी सहायक निरिक्षक खनालले बताउनुभयो ।
साताव्यापी कार्यक्रममा चालक सहचालक तथा सवारी धनीहरु,यात्रुहरु र स्थानियहरुलाई समेत राखेर ट्राफिक नियम, यात्रा गर्दा अपनाउनु पर्ने सावधानी जस्ता बिषयहरुमा पूर्ण रुपमा ट्राफिक नियमको परिपालना गराउने खनालले बताउुभयो । दुर्घटना न्यूनिकरण गर्न चालक देखि यात्रुहरु पनि जिम्मेवार बने दुर्घटना रोक्नको निम्ति मद्दत पुग्ने जिल्ला ट्राफिक कार्यालय गुल्मीले जनाएको छ ।
गुल्मीबाट छुटने सवारी सधानलाई टाइम कार्ड पनि लागु गरिएको छ । तम्घासबाट बुटवल, काठमाडौं छुटने सवारी साधनलाई तम्घासबाट रिडीसम्मको लागि टाइम कार्डलागु गरिएको हो ।