प्रेमनारायण आचार्य
अर्घाखाँची १८ बैसाख – जिल्ला अस्पताल सन्धिखर्कमा श्रमिक दिवसमा फलफुल वितरण गरिएको छ ।
नेपाल ट्रेड युनियन कांग्रेस अर्घाखाँचीले जिल्ला अस्पताल सन्धिखर्कमा भर्ना भएका विरामीलाइ फलफुल वितरण गरि अन्तराष्ट्रिय श्रमिक दिवस मनाएको हो ।
जिल्ला अस्पतालमा भर्ना भएका विरामीको स्वास्थ्य लाभको कामना गर्दै अन्तराष्ट्रिय मजदुर दिवस मनाइएको नेपाल ट्रेड युनियन कांग्रेस अर्घाखाँचीका अधयक्ष सुमन्त प्रसाद बस्यालले जानकारी दिनु भयो ।
कार्यक्रममा नेपाली कांग्रेसका निबर्तमान जिल्ला सभापति तथा सन्धिखर्क नगरपालिकाका नगर प्रु्ख कमल प्रसाद भुसाल, नेपाली कांग्रेसकी जिल्ला उपसभापति शान्ता भण्डारी, सन्धिखर्क ३ का वडा अध्यष लिलाराम गौतम, ट्रेड युनियन संघका प्रदेस सचिव नन्दराम भटराइ, जिल्ला स्वास्थ्य कार्यलयका प्रमुख डाक्टर जगननाथ तिवारी, यातयात मजदुर संघका सल्लाहकार चन्द्र ढकाल, पत्रकार महासंघका प्रदेस सदस्य प्रेमनारायण आचार्य, नेविसंघका सुरज रायमाझि लगायतले मन्तब्य राख्नु भएको थियो ।
कार्यक्रम ट्रेड युनियन कांग्रेसका जिल्ला अध्यक्ष सुमन्त प्रसाद बस्यालको अध्यक्षता, उपाध्यक्ष राधाराम आचार्यको स्वागत मन्तब्य र सचिव गणेशराज पौडेलको सञ्चालनमा सम्पन्न भएको हो ।
यसैविच पाणिनि गाउँपालिकाका अध्यक्ष अच्युत गौतमले राज्यले सबै मजदुरहरु लाई समान दृस्टिकोणले हेर्नुपर्ने बताउनु भएको छ ।
मजदुर दिबसको अबसर पारेर ट्रेडयुनियन काङ्ग्रेस पणिनीले गरेको अन्तर्कृया कार्यक्रम मा बोल्दै गौतमले बिधालय, स्वास्थ, तथा फिल्ड मै काम गर्ने कर्मचारी, मजदुरहरु लाई एउटै योग्यता तथा एकै समय काममा लगाए पनी सेवासुबिधामा केन्द्र सरकारबाटनै विभेद भएको बताउनु भएको हो ।
ट्रेड युनियन पाणिनि गाााउपालिकाका अध्यक्ष हरि घिमिरे को अध्यक्षतामा खिदिममा संचालित कार्यक्रममा स्थानीय तहका मजदुर हरुको लगत संकलनगरि राज्यबाट टाढा रहेका सबै मजदुरलाई संगठित गरि आब्स्यक सहयोगमा सबै लाग्नुपर्नेमा बक्ताहरु ले जोड दिएका थिए । कार्यक्रममा सचीव धुर्ब घिमिरे, सदस्य बिष्णु खनाल, पुनाराम भुसाल लगायतले बोल्नु भएको थियो ।