गुल्मी बैशाख १९
घरेलु तथा साना उद्योग बिकास समिति गुल्मीले रुरु गाउपालीका गुल्मीमा दुधबाट मिठाई बनाउने तालिम प्रदान गरेको छ । घरेलु तथा साना उद्योग बिकास समिति गुल्मीको कार्यक्रम अन्तर्गत स्थानीय १२ जनालाई तालिम प्रदान गरिएको हो ।
स्थानिय उत्पादनलाई स्थानिय बजारमै खपत गर्ने उद्धेश्यका साथ मिठाई बनाउने तालिम दिइएको घरेलु तथा साना उद्योग बिकास समितिका बरिष्ठ उद्योग अधिकृत लक्ष्मी प्रसाद दाहाल ले बताउनुभयो ।
एक हप्तासम्म संचालन हुने तालिमको उद्धघाटन समारोहको अध्यक्षता गाउपालीका उपाध्यक्ष लक्ष्मी पन्थले गर्नुभएको थियो । कार्यक्रमका प्रमुख अतिथि
गाउपालीका अध्यक्ष निलकण्ठ गौतमले उत्पादित दुधले बजार नपाउने समस्या न्युनिकरण गर्न तालिम प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो ।
तालिममा सहभागिले तालिम पछि व्यवसाय सुरु गर्नुपर्नेमा जोड दिदै उत्पादनमा लाग्ने सबैलाई गाउपालिकाले सहयोग गर्ने बताउनुभयो ।
कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत चेतनाथ गिरि ,पशुशाखा प्रमुख हिमलाल पाण्डेय ,गौरव डेरी रिडिका संचालक रबि पन्थ लगायतको सहभागिता रहेको थियो । रुरु गाउपालीकामा उत्पादित दुध हाल सदरमुकाम तम्घास ,तानसेन र स्थानिय बजारमा खपत हुदै आएको छ ।पछिल्लो समयमा स्थानिय युवा दुध उत्पादनको लागि व्यवसायिक रुपमा पशुपालन व्यवसायमा सक्रिय भएका छन ।
कार्यक्रमका प्रमुख अतिथि गाउपालीका अध्यक्ष निलकण्ठ गौतमले उत्पादित दुधले बजार नपाउने समस्या न्युनिकरण गर्न तालिम प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो ।
तालिममा सहभागिले तालिम पछि व्यवसाय सुरु गर्नुपर्नेमा जोड दिदै उत्पादनमा लाग्ने सबैलाई गाउपालिकाले सहयोग गर्ने बताउनुभयो ।
कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत चेतनाथ गिरि ,पशुशाखा प्रमुख हिमलाल पाण्डेय ,गौरव डेरी रिडिका संचालक रबि पन्थ लगायतको सहभागिता रहेको थियो । रुरु गाउपालीकामा उत्पादित दुध हाल सदरमुकाम तम्घास ,तानसेन र स्थानिय बजारमा खपत हुदै आएको छ ।पछिल्लो समयमा स्थानिय युवा दुध उत्पादनको लागि व्यवसायिक रुपमा पशुपालन व्यवसायमा सक्रिय भएका छन ।
स्थानिय रुपमा दुध,दहि,घ्यु पनिर,छुर्पि,कुराउनी पनि उत्पादन हुदै आएको छ । यस क्षेत्रमा दुधको मिठाई बनाउने तालिम पहिलो पटक भएको र मिठाइको बजार राम्रो रहेको सहभागीहरुले बताएका छन ।