बैशाख २० बुटवल
आज बिहान आएको हावाहुरीले ठाउ ठाउमा रुख बिद्युतका पोल ढाल्दा बिद्युत अवरुद्ध भएको छ ।
अहिले रुपन्देहीका अधिकांश ठाउमा बिद्युत छैन ।
नेपाल बिद्युत प्राधिकरण बुटवल बितरण केन्द्रका प्रमुख सञ्जय कुमार मिश्रले बुटवलका बिभिन्न स्थानमा रुख ढलेर र होलिगं बोर्ड झरेर बिद्युत तार चुडिएकाले अहिले मर्मतको काम सुरु गरीएको जानकारी दिनुभयो ।
उहाले रुख ढलेका ठाउमा छिटो काम हुन् भएपनि पोल ढलेका ठाउमा केही समय लाग्न सक्ने बताउनु भयो ।
हाहुरी र पानी बन्द भएसंगै प्राबिधिक टोली फिल्डमा खटिएकाले २।३ घण्टा भित्र सबै ठाउको मर्मत सकिने बताउनु भयो ।
आजको हावाहुरीले ठाउ ठाउमा रुख बिद्युतका पोल तथा होर्डिगं बार्डहरु ढलाएपनि अन्य क्षतिका सम्वन्धमा कुनै जानकारी नआएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

बंगालको खाडीमा बनेको चक्रवात फानीको प्रभाव नेपालमा पनि देखिन थालेको छ । यसकै प्रभावले पूर्वको थोरै ठाउँमा मेघगर्जनसहित पानी पर्न थालेको जल तथा मौसम विज्ञान विaभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यसको प्रभाव विस्तारै बढ्दै जानेछ । महाशाखाका अनुसार यो चक्रवात नेपालमा नआउने तर भारतको ओडिशा, झारखण्ड, पश्चिम बंगाल हुँदै बंगलादेश जाने भएकाले पूर्वी र मध्य नेपालमा असर गर्ने देखिएको छ ।
चक्रवात फानीको प्रभावले पूर्व र मध्य क्षेत्रको हिमाली भेगमा भारी हिमपातको सम्भावना रहेकाले अबको तीन दिन पदयात्रा वा हिमाल आरोहणमा नजान मौसमविद्ले सुझाव दिएका छन् ।
यस्तै अहिले रुपन्देही, कपिलवस्तुलगायत प्रदेश ५ को सीमा क्षेत्रमा चट्याङ र हुरीबताससहित पानी पारिरहेको प्रणाली पनि पूर्वतिर सरिरहेको महाशाखाले जनाएको छ । आज देशभरिकै मौसम पूर्ण रुपमा खुल्ने सम्भावना कम रहेको मौसमविद् विभूति पोख्रेलले बताउनुभयो । उहाँका अनुसार पश्चिममा पश्चिमी वायु तथा पूर्व र मध्य क्षेत्रमा फानीसँगै स्थानीय वायुको प्रभावले हुरीबतास, चट्याङसहित हिमपात हुने सम्भावना छ ।
फानीको प्रभाव पर्सि दिउँसोसम्म नै पर्ने देखिएको अर्का मौसमविद् सुवास रिमालले जानकारी दिनुभयो । उहाँका अनुसार फानी, पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभावले आज र भोलि देशभरिकै मौसम खुल्ने सम्भावना कम छ ।