गुल्मीमा लडेर एक जनाको मुत्यु भएको छ।
गुल्मी दरवार गाउँपालिका ४ बिरबासका ४४ वर्षीय चेतराम चुडालीको लडेर ज्यान गएको प्रहरीले जनाएको छ।
उनी बिहीबारदेखि घरको सम्पर्कमा नभएको र स्थानीय थुम्काको भिरबाट लडेको जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ।
उनको शव शुक्रबार दिउँसो २ बजेतिर फेला परेको हो । मदिरा सेवनका कारण लडेको हुन सक्ने जिल्ला प्रहरी कार्यलय गुल्मीले अनुमान गरेको छ।