अनिल खत्री
२० बैशाख, गुल्मी बढ्दै गरेको सवारी दुर्घटनालाई न्यूनिकरणका लागि ट्राफिक प्रहरीले गुल्मीमा ट्राफिक सप्ताह सम्पन्न गरेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीले दुर्घटना न्यूनिकरणको लागि बिभिन्न एक हप्ते कार्यक्रम गरेर सम्पन्न भएको हो ।
दुर्घटना न्युनिकरण सम्बन्धमा ठाउँको ठाउँ सुधार भन्ने अभियानका साथ न्यूनिकरणको लागि एक हप्ते जनचेतनामूलक कार्यक्रम गरिएको थियो । समापन कार्यक्रममा गुल्मीका जिल्ला प्रहरी कार्यालयका कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरिक्षक दिपककुमार बस्नेत यातायात व्यवसायी, पत्रकार, बिद्यार्थी,चालक,परिचालकहरु सहभागिता रहेको थियो ।
समापन कार्यक्रमममा बोल्दै प्रहरी प्रमुख बस्नेतले ट्राफिक नियमको पालना गरेर दुर्घटना न्यूनिकरण गर्न सबै पक्ष जिम्मेवार बन्न आग्रह गर्नुभएको छ । दुर्घटना न्यूनिकरण ट्राफिक प्रहरीको मात्रै नभई सबै पक्ष जिम्मेवार हुनुपर्नेमा उहाले जोड दिनुभयो ।
ट्राफिक नियम जानकारी नहँुदा दुर्घटना बढ्दै गएको भन्दै प्रहरीले अभियान सञ्चालन गरेको जिल्ला ट्राफिक कार्यालय गुल्मीका प्रहरी सहायक निरिक्षक नारायण खनालले बताउनुभयो । साताव्यापी कार्यक्रम अन्र्तगत चालक सहचालक तथा सवारी धनीहरु,यात्रुहरु र स्थानियहरुलाई समेत राखेर ट्राफिक नियम, यात्रा गर्दा अपनाउनु पर्ने सावधानी जस्ता बिषयहरुमा पूर्ण रुपमा ट्राफिक नियमको परिपालना गराउने गरि कार्यक्रमहरु गरिएको जिल्ला ट्राफिक कार्यालय गुल्मीका प्रहरी सहायक निरिक्षक नारायण खनालले बताउनुभयो ।
दुर्घटना न्यूनिकरण गर्न चालक देखि यात्रुहरु पनि जिम्मेवार बने दुर्घटना रोक्नको निम्ति यस कार्यक्रमले महत्व राखेको स्थानियको भनाई छ ।
ट्राफिक नियम जानकारी नहँुदा दुर्घटना बढ्दै गएको भन्दै प्रहरीले अभियानलाई प्रभावकारी बनाउन बिभिन्न तरिकाहरुबाट कार्यक्रमहरु सञ्चालन गरेको जिल्ला ट्राफिक कार्यालय गुल्मीले जनाएको छ ।
गुल्मीबाट छुटने सवारी सधानलाई टाइम कार्ड पनि लागु गरिएको छ । तम्घासबाट बुटवल, काठमाडौं छुटने सवारी साधनलाई तम्घासबाट रिडीसम्मको लागि टाइम कार्ड लागु गरिएको छ ।