चन्द्रकोट गाउपालीका गुल्मीको आयोजनामा चन्द्रकोट ८ पिपलपाटामा १ दिने निशुल्क पशु स्वास्थ्य शिविर सम्पन्न भएको छ । चन्द्रकोट गाउपालीकाका उपाध्यक्ष राधिका अर्याल र वडा नम्बर ८ का वडा अध्यक्ष नन्दराम अर्यालले सेवाग्राही हरुलाई औषधी वितरण गरी संयुक्त रुपमा कार्यक्रमको उद्घाटन गर्नु भएको थियो ।
शिविरमा १३३ जना कृषकहरुका २४४ भौसी , ५० गाई ,२४५२ कुखुरा र ५२२ बाख्रालाई निशुल्क औषधी वितरण गरिएको छ । यस्तै शिविरमा ११ कुकुर र ३ बिरालोलाई रेविज विरुद्धको खोप लगाइएको छ ।
चन्द्रकोट गाउपालिका गुल्मीले पछिल्लो समयमा कृषकहरुको हित तथा व्यवसायिक कृषिमा आर्कषित गराउने उदेश्यले कृषि तथा कृषकहरुको हितमा काम गर्दै आएको छ । यस अघिपनि गाउपालिकाले चन्द्रकोटको वडा नम्बर ५ ग्वाघा र वडा नम्बर ७ को रुपाकोटका कृषकहरु लाई लक्षित गरी निशुल्क पशु स्वास्थ शिविर संपन्न गरेको छ ।
पालिका भित्र पशुपालक कृषकको संङख्या बढ्दै गएको अवस्थालाई मध्यनजर गर्दै गाउपालिकाले शिविरहरु संचालन गर्दै आएको पशु शाखाका प्रमुख बसन्त रावतले जानकारी दिनुभएको छ ।