राम कृष्ण कडेल
चारपाला गुल्मी
बैशाख १८ बाट सुरु भएको कार्यक्रम विविध कार्यक्रम का बिच २० गते सम्पन्न भएको हो । कार्यक्रम को सभापति गुल्मी दरबार ५ का अध्यक्ष तथा बिधालय ब्यबस्थापन समिति सदस्य बिधालयका आजिबन सदस्य लिला बहादुर बलाल रहनु भएको थियो।
प्रमुख अतिथी गुल्मी दरबार गाउपालिका अध्यक्ष अशोक कुमार थापा ,विशेष अतिथि गुल्मी दरबार गाउपालिका सामजिक बिकास समिती सम्योजक हिरा बहादुर खत्री र शिक्षा इकाई प्रमुख दिपक भन्डारी रहनु भयको थियो । पानसमा बत्ति बालेर ब्यानर खोल्दै प्रमुख अतिथिले कार्यक्रम को उद्घाटन गर्नु भएको थियो ।
मन्तव्य द्द्वारा स्वागत शिक्षक महेन्द्र श्रेष्ठले गर्नुभएको भएको थियो । शुभकामना मन्तव्य दिने हरुमा गुल्मी दरबार गाउँ कार्यसमिती सदस्य हरु तारा गिरि,इश्वरि परियार,साथै सामुदायिक बिध्यालयको तर्फ बाट इश्वरि माध्यमिक बिधालय का शिक्षक हरि प्रसाद कंडेल र सस्थागत बिद्यालय को तर्फ बाट रेसुङा बोर्डिङ का स प्र हरिलाल अर्याल,भु पु बि ब्या स को तर्फबाट अर्जुन प्रसाद कंडेल बिद्यालय सस्थापकको तर्फबाट राधा देबि अर्याल,अक्षकोष सस्थापक तर्फबाट हरि प्रसाद कंडेल ,आजिबन सदस्य को तर्फबाट बिद्यालयका भुपु प्र अ तथा आजिबन सदस्य हरिनारायण शर्मा र आजिबन सदस्य घन प्रसाद श्रेष्ठ ज्यु तथा कार्यक्रम का प्रमुख अतिथी विशेष अतिथी हरुले बिद्यालयको प्रगती र आउदा दिनहरुमा सामुदायिक बिद्यालयको गुणस्तर अझै वृद्धि गर्न हामिहरु निरन्तर रुपमा लाग्ने र थप सहयोग र टेवा दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।
शिक्षा प्रेमी चन्दा दाता अभिभावकको बाक्लो उपस्थिति रहेको उक्त कार्यक्रमको बिच बिचमा विद्यार्थीद्वारा निर्त्य प्रस्तुत गरिएको थियो।बिद्यालय द्वारा शैक्षिकसत्र २०७५ मा उत्कृष्ट अन्क प्राप्त गर्ने तथा बार्शिक उत्सब कार्यक्रममा उत्कृष्ट कला प्रदर्शन गर्ने विद्यार्थीहरु लाई ट्रफि,मेडल,प्रमाणपत्र,तथा पुरस्कार बाट सम्मान गरियको थियो।