बुटवल।
बुटवल उपमहानगरपालिकाले मोतिपुर क्षेत्रका १ सय ५६ घरधनीलाई जग्गाधनि प्रमाणपत्र लालपुर्जा वितरण गरेको छ ।
बुटवल उपमहानगरपालिका वडा नं १७ र १८ मा पर्ने गाउँ ब्लक जग्गालाई आज उपमहानगरपालिकाले लालपुर्जा बितरण गरेको हो ।
लालपुर्जा पाउनेमध्यका सबैभन्दा ज्येष्ठ सदस्य बुटवल–१७का टंकनाथ ज्ञवाली र सोधावती थारुलाई लालपुर्जा हस्तान्तरण गर्दै नगर प्रमुख शिवराज सुवेदीले साविकका मोतिपुरमा रहेका गाउँब्लकका सबै जग्गालाई असार मसान्तसम्म जग्गाधनी पुर्जा वितरण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
बुटवल वडा नं १७ र १८का वडाकार्यालयको आयोजनामा दुई छुट्टाछुट्टै स्थानबाट लालपुर्जा वितरण गरिएको थियो ।