पाल्पामा सिँचाइका लागि पाइप गाड्दा जमिनमुनिबाट प्राकृतिक ग्यास निस्कीएको छ ।
पाल्पाको माथागढी गाउँपालिका–२ रुप्सेस्थित सोलेमा सिँचाइका लागि पाइप गाड्दा जमिनमुनिबाट प्राकृतिक ग्यास निस्केको हो । सिँचाइका लागि पानी निकाल्न ट्युबवेल गाड्ने क्रममा जमिनमुनिबाट ग्यास निस्किएको स्थानीयले बताएका छन ।
स्थानीय ताराबहादुर कुमालको जग्गामा ट्युबवेल गाडेर पानी निकाल्ने क्रममा ग्यास निस्केको हो । फलामको पाइप जमिनमुनि गाड्ने क्रममा ग्यास बाहिर निस्किरहेको स्थानीय राजकुमार पन्थीले बताउनुभयो ।
जमिनमुनि गाडेको पाइपबाट गन्ध आएपछि आगो ल्याएर बाल्दा बलेको छ । पाल्पामा पहिलोपटक जमिनमुनिबाट ग्यास निस्किेको हो ।
स्थानीय बासिन्दाले जमिनमुनि गाडेको पाइप ढाकेर राखेका छन् ।
पाल्पामा फलाम खानी, कोइला, चुनढुङ्गा खानी प्रशस्त रहे पनि त्यसको लाभ लिन सकिएको छैन ।