गुल्मीमा ब्यवसायिक कफि खेतिमा कृषक आर्किषत भएका छन ।
स्थानिय तह र केन्द्र देखि नै कफिको ब्यवसायिक खेतिको लागि कृषकलाई प्रोत्साहनका कार्यक्रमहरु सुरु भए पछि कृषक आर्किषत भएका हुन ।
गुल्मीमा ब्यवसायिक कफि खेतिको लागि कफि अनुसन्धान कार्यक्रम रुरु गाउपालिका भण्डारी डाडा,कफि बिका सकेन्द्र मुसिकोट नगरपलिका आपचौर,कफि सहकारी संघ रुरु गाउपालिका बलेटक्सार , कफि जाेन कार्यक्रम र कृषक समुहहरु सक्रिय भएका छन ।
बिगत केही बर्ष कफि बिकास केन्द्रले तयार गरेको कफिको बिरुवा बिक्री समेत नभएको मा यस बर्ष बिरुवाको माग पुर्याउन गाह्रो भएको कफि बिकास केन्द्र आपचौर गुल्मीका प्रमुद बद्री प्रसाद पौडेले बताउनु भयो ।
कफि बिरुवाको माग पुरा गर्न बिरुवा उत्पादनको लागी छत्रकोट गाउपालीका ४ रुप्सेको कफि बगैचा बाट दुर्गा कुन्ड समुह मार्फत १ क्विनटल पाकेको फल कफि बिकास केन्द्र गुल्मीले खरिद गरि बिरूवा उत्पादन गरेकाे छ ।
मुसिकोट नगरपालिक गुल्मीले कफि किर्षकलाई अनुदान दिइ कफि बिस्तार गरेको नगर प्रमुख सोमनाथ सापकोटाले बताउनु भयो । रुरु गाउपालिका छत्रकोट गाउपालिकाले पनि कफि लाई प्राथमिकतामा राखेको छ । कफि सहकारी संघ रुरु गाउपालिका बलेटक्सार गुल्मीले उत्पादित कफिलाई कोरिया सम्म निर्यात गरेको छ । त्यसतै रेसुङ्गा आर्गनिक कफि नामको तयारी कफि बजार मा ल्याएको छ ।
कफि अनुसन्धान कार्यक्रम रुरु गाउपालिका भण्डारी डाडा,कफि बिका सकेन्द्र मुसिकोट नगरपलिका आपचौर, पोहोर लगाएका हजारौ कफिका बिरुवा सप्रिएका छन । तर सेतो गभारोको समस्या भने चुनौती को रुपमा रहेको छ ।
अहिले कफि कृषकहरु नया बिरुवा रोप्नको लागि जग्गा तयारी गरेर बसेका छन । नेपालमा गुल्मी बाटै कफिको ब्यावसायिक उत्पादन सुरु भएको हो ।