गुल्मीको रुरु क्षेत्र गाउपालिका महिनादिनको प्रयासपछि विद्यालय उमेरका सबै बालबालिका विद्यालयमा भर्ना भएको गाउँपालिकाको रुपमा सुनिश्चित गरिएको छ ।
गाउँ कार्यपालिकाको शनिवार बसेको बैठकले गाउँपालिकालाई पूर्ण भर्ना गाउँपालिकाको रुपमा घोषणा गरेको हो ।
घोषणासँगै रुरु क्षेत्र गाउपालिका संभवत प्रदेश नं ५ मा आधारभूत तहमा विद्यालय उमेरका बालबालिका भर्ना सुनिश्चित गर्ने पहिलो गाउँपालिका बनेको छ ।
नयाँ शैक्षिक शत्र शुरु भएसँगै गुल्मीको रुरु गाउँपालिकाले विद्यालय उमेरका बालबालिका विद्यालय बाहिर रहे नरहेको तथ्यांक यकिन गर्न शुरु गरेको थियो । विद्यालय उमेरका बालबालिका विद्यालय बाहिर रहे नरहेको तथ्यांक यकिन गर्नका लागि जनप्रतिनिधि, गाउँ शिक्षा समितिका सदस्य, विद्यालय व्यवस्थापन समिति, शिक्षक र विद्यार्थी परिचालन गरिएको थियो ।
गाउँपालिकाका प्रवक्ता शेष नारायण पौडैलले बालबालिकालाई आधारभूत तहको शिक्षा सुनिश्चित गर्नका लागि अभियान मार्फत गाउँपालिकालाई पूर्ण भर्ना गाउँपालिकाको रुपमा घोषणा गरिएको बताउनुभयोे ।
विद्यालयमा अनियमित र बीचमै छाडेका बालबालिकाको संख्या ८ जना रहेको ति बालबालिकालाई विद्यालयमा भर्ना गरिसकिएको छ ।
विद्यालय उमेरका अपाङ्गता भएका बालबालिकाहरुका लागि रिडीमा अर्टिजम पाठशालाको अवधारणा अगाडी बढाउने सोच अगाडी ल्याएको गाउँपालिकाले जनाएको छ ।
केही बर्ष अगाडि रुरु गाउँपालिकामा विद्यालय तह कक्षा १–१० मा पाँच प्रतिशत बालबालिकाले बीचमै विद्यालय छाड्नेको गरेको तथ्यांक रहेको थियो ।
‘हाम्रो सहर, हाम्रो गाउँ, सबै बालबालिकालाई विद्यालय पुर्याउ’ नारा अनुसार गाउँपालिकाले पूर्ण भर्ना गाउँपालिका बनाउनका लागि अभियान शुरु गरेको गाउँपालिकाका स्रोत व्यक्ति बामदेव ज्ञवालीले बताउनुभयोे ।
रुरु गाउँपालिकाका सामुदायिक ४३ र संस्थागत तीन गरी ४६ वटा विद्यालय रहेका छन् ।
गाउँपालिकाभित्र रिमुवाको जनज्योती माविमा दृष्टिबिहान स्रोत कक्षा रहेको छ । विद्यालयमा ल्याउनका लागि गाउँपालिकाले पोशाक, स्टेशनरी, पाठ्यपुस्तकका लागि सहयोग गर्ने नीति अनुसार अति गरिब र अति बिपन्न परिवारका बालबालिकालाई पालिकाबाट विद्यालय जानसक्नेगरी सहयोग नीति अघि सारेको छ ।
गाउँपालिकाले अग्रेजी माध्यमको पाठ्यपुस्तकका लागि पाँच लाख बजेट बिनियोजन गरेको छ । गाउँपालिकाको रिडिमा बि।स। १९६९ मा संस्कृत भाषा पाठशालाको नाममा स्थापना भएको थियो ।