बागलुङ वैशाख ३१
बडिगाड गाउॅपालिका वडा नं ३ सिसाखानीमा खानेपानीको समस्या रहेको छ । भौगोलिक विकटताका कारण बस्तीमा खानेपानीको समस्या रहॅदै आएको छ । नजिक पानीका मुलहरु छैनन ।
सिसासाखानी माध्यमिक विद्यालय वडा कार्यालय स्वास्थ्य चौकी विभिन्न संघ संस्थाका कार्यालयहरु समेत डॉडामा अवस्थित छन तर पानीको असुविधाका कारण स्थानियले सास्ती खेप्दै आईरहेका छन ।
जीवनको अमुल्य कुरा पानीको उचित व्यवस्था नहुॅदा एक गाग्री पानीको लागि एक बिहान समय खर्चिनु पर्ने बाध्यता यहॉका स्थानियको दैनिकी बनेको छ । पानीको समस्या हुॅदा खाना पकाउन सरसफाई गर्ने देखि कपडा धुन शौचालय जान समेत समस्या रहेको स्थानिय शेर बहादुर श्रीसले गुनासो गरे ।
पानीको समस्याले सिसाखानीको माईन गाउ किम्ले घोरलचिरे भुसखाने डॉडा गुहेश्वरी र मॉझ गाउका बासिन्दाको जीवन निकै कष्टकर बन्दै आईरहेको समाजसेवी सिता श्रीसले बताईन ।
पानीको असुविधाकै कारण सिसाखानी स्वास्थ्य चौकी, सिसाखानी माध्यमिक विद्यालयमा समेत समस्या रहेको विद्यालयका प्रधानध्यापक होम बहादुर घर्तीले बताए । विद्यालयमा जॉदा आफुहरुले घरमा टाढाबाट गाग्रीमा बोकेर लिएको पानी बोतल र थर्मसमा बोकेर आउने गरेको विद्यार्थी सुनिता श्रीसले बताईन ।
वर्खायाममा केहि सहजता भएपनि हिउॅदको समयमा पानीको हाहाकार नै हुॅदै आईरहेको कृषक लाल बहादुर श्रीसले बताए ।
त्यस्तै सिसाखानीको दुर्गम दलित बस्ती स्याहालामा समेत खानेपानीको उस्तै चरम अभाव छ । सिसाखानीमा झण्डै एक सय घरधुरी खानेपानीको समस्या झेल्दै आईरहेका छन ।
सिसाखानीमा पानीको समस्या हल गर्न अहिले बडिगाड गाउपालिका वडा सरकार र प्रदेश सरकारले समेत आवश्यक तयारी गरिरहेको वडा अध्यक्ष खडग पुनले जानकारी दिए ।
खानेपानीको समस्या हल गर्न डॉडामा रिजरभ ट्याङकी समेत निर्माण गरिसकिएको छ अब मोटरले तानेर पानी रिजरभ ट्याङकीमा खसाल्ने र घरघरमा पाईप लाईन धारो मार्फत वितरण गरिने अध्यक्ष पुनले जानकारी दिए ।
पुनले प्रदेश सरकार गाउपालिका र वडाको तर्फबाट खानेपानीको समस्या समाधान गर्न आवश्यक बजेट विनियोजन गरिएको जानकारी दिए । जनताको अत्यावश्यक आवश्यकतालाई मध्यनजर गरि अहिले कामलाई तिव्रता दिईएको उनले बताए ।