कपिलवस्तु।
गोरुसिंगेमा अतिक्रमण गरी बनाईका घर टहरा हटाउन , डिभिजन बन कार्यालय कपिलवस्तुले सुचना जारी गरेको छ ।
बुद्धभूमि नगरपालिका २ त्रिशुली सामुदायिक बन क्षेत्रको खण्डमा पर्ने अनाधिकृत रुपमा अतिक्रमण गरी व्यवसाय संचालन गर्न बनाइएका घर टहराहरु हटाउन डिभिजनले सोमबार ५ दिने सूचना जारी गरेको छ ।
डिभिजनले तत्काल घर टहरा हटाई बन क्षेत्र खाली गर्न सूचना टाँस गरेको छ । ५ दिन भित्र घर टहरा नहटाएमा डिभिजन बन कार्यालयको अगुवाईमा स्थानीय तह, सुरक्षा निकाय तथा सामुदायिक बन उपभोक्ता समूहको सहभागीतामा बल प्रयोग गरी हटाइने बताइएकोे छ ।
बुद्धभूमि २ गोरुसिंगेमा रहेको पूर्व जिल्ला ट्राफिक प्रहरी कार्यालय, पश्चिम इलाका प्रहरी कार्यालय, उत्तर पूर्व पश्चिम लोकमार्ग र दक्षिण विद्युत हाइटेनसन लाईन भित्रको त्रिशुली सामुदायिक बन क्षेत्रमा रहेका घर टहराहरु हटाउने बताएको छ । उक्त ठाउँमा १४ वटा घर टहरा निर्माण गरी होटल व्यवसाय संचालन हुदै आएका छन् ।
पटक पटक सामुदायिक बनले सूचना जारी गर्दै हटाउन निर्देशन दिएपनि नटेरेपछि डिभिजन बन कार्यालयलाई अनुरोध गरेपछि बन ऐन अनुसार कार्वाही प्रकृया अघि बढाइने डिभिजन बन अधिकृत ईश्वरी प्रसाद पौडेलले बताउनुभयो ।