एक नेपाली महिलाको दिल्लीमा सामुहीक बलात्कार भएको छ ।
काठमाण्डौबाट आफ्नो भाइलाई भेट्न मुम्बई जाने क्रममा ती महिला चार जना पुरुषबाट बलात्कृत भएकी हुन् । ती महिलाले आफूलाई बलात्कार गर्ने पुरुषहरुको नाम पनि प्रहरीलाई दिएकी छिन् ।
पीडित महिलाले आफू काठमाण्डौबाट आएको बताएकी छिन् । उनी शनिबार नै दिल्ली पुगेकी थिइन् । उनी दिल्लीबाट मुम्बईको लागि रेल चढ्ने तयारीमा थिइन् । तर उनको मुम्बई जाने रेल छुटेको थियो ।
बलात्कृत भैसकेपछि उनी मुम्बईसम्म पुगेको भारतीय सञ्चारमाध्यमले बताएका छन्।