रुपन्देही – रुपन्देहीमा एक युवती मृत फेला परेकी छन् । १९ वर्षीया सवनाम निशाको शव गैडहवा गाउँपालिका वडा–१ साडीको भुझौली भन्ने गाउँमा फेला परेको हो ।
सुख्खा कुलोमा शव भेटिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । घटनामा संदिग्ध एक युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
निशाको शव पोष्टमार्टका लागि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको छ ।