जेठ २, गुल्मी – गुल्मीमा घुम्ती शिबिरबाट नागरिकता बितरण गरिएको छ । जिल्ला प्रशासन कार्यलय गुल्मीले जिल्लाका बिभिन्न दुर्गमा ठाउँहरुमा पुगि घुम्ती सेवा मार्फत नागरिकता बितरण गरेको हो ।
प्रशासनले जिल्लाको कालिगण्डकी, चन्द्रकोट, मदाने र मालिका गाउँपालिकामा घुम्ती शिबिर गरि एक हजार ७७९ नागरिकता बितरण गरेको जिल्ला प्रशासन कार्यलय गुल्मीका प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले जानकारी दिनुभयो ।
बिशेष गरि गाँउमा सिमान्कृत र दलित ब्याक्तिहरु नागरिकता लिनबाट बञ्चित भएकाले उनीहरुलाई ठुलो राहत भएको पाण्डेले बताउनुभयो ।
गाउँबाट जिल्ला सदरमुकाम आँउदा नागरिकहरुलाई धेरै समस्या हुने गरेको थियो । आउन जानमै धेरै रकम खर्च हुने लगायतका समस्याहरु हुने भएकाले स्थानीय स्तरमा नै गएर नागरिकता बितरण गरिएको प्रशासन कार्यलयका नायब सुब्बा तुल्सी न्यौपानेले जानकारी दिनुभयो ।