माधव बेल्बासे अर्घाखाची जेष्ठ २
जनसेवा माध्यमिक बिधालय पाणिनी ७ झन्द्रेकको ३० औ बार्षिकोत्सव तथा अभिभावक दिवस आज एक कार्यक्रमको आयोजना गरि भब्य रुपमा मनाइएको छ । कार्यक्रममा स्थानीय समाजसेवी शिबिदेबी थापाले १ लाख ५१ हजार निजि लगानिमा निर्माण गरेको खाने पानीटंकी बिधालयलाई हस्तान्तरण गर्नुभएको छ।
यस्तै अभिभावक मित्रदेव घिमिरेले रु ५१ हजार बराबरको चेक बिधालयका प्रधानाध्यापक प्रेमनारायण बेल्वासेलाइ हस्तान्तरण गर्नुभएको थियो । कार्यक्रममा बोल्दै पाणिनी गाउँ पालिका अध्यक्ष अच्युत गौतमले शैक्षिक सुधारका लागि जनसेवा माबिले प्रदान गरेको नतिजा उदाहरणीय भएको र निरन्तरता दिनुपर्नेमा जोड दिनुभएको छ ।
प्रमुख अतिथी समेत रहेका गौतमले शिक्षण जागीर मात्र नभै जिम्मेवारी पनि भएको प्रती सबै शिक्षकले महसुस गर्न अनुरोध गर्नुभएको थियो । यस्तै उपाध्यक्ष लक्ष्मी गौतमले अनुकरणीय कामका लागि शुभकामना दिदै प्रश्म्सा गर्न लाएक बनेर उदाहरण दिन आग्रह गर्नुभएको थियो ।
प्रमुख प्रशासकीय अधिकृत जनक राज पन्थी वडा न ७ का अध्यक्ष गुनाखर अधिकारी, कार्यपालिका सदस्य टोपकली कब्दार वडा सदस्य हरु पदम महत्रा र नवीन कुमार टन्डन लगायत स्थानीय अभिभावक , छिमेकी बिधालयका प्रधानाध्यापक समेतको उपस्थितिमा सम्पन्न कार्यक्रममा चन्दादाता र सरुवा हुनुभएका शिक्षक प्रकाश खनाललाई सम्मान गरिएको थियो ।
यस्तै वार्षिकोत्सबको अवसरमा आयोजना गरिएका विभिन्न प्रतियोगिता तथा शैक्षिक सत्र २०७५ को बार्शिक नतिजामा उत्कृष्ट छात्रा छात्रहरुलाइ पुरस्कार बितरण गरिएको थियो ।
बिधालयका प्रधानाध्यापक प्रेम नारायण बेल्वासेले आर्थिक प्रतिबेदन प्रस्तुत गरेको कार्यक्रममा शिक्षक इमान बहादुर टन्डनले शैक्षिक प्रतिबेदन पेश गर्नुभएको थियो । शिक्षक कमला घिमिरेले स्वागत मन्तव्य राखेको कार्यक्रमको सभापति बिधालय ब्यवस्थापन समिती अध्यक्ष कृष्ण प्रासाद बेल्वासे र संचालन शिक्षक शालिकराम बेल्वासेले गर्नुभएको थियो ।