जेष्ठ ३
आज मे १७ तारिख विश्व उच्च रक्तचाप दिवस । उच्च रक्तचापलाई हाईपरटेन्सन पनि भनिन्छ । सन् २००५ बाट विश्वभर यो दिवस मनाउन शुरु गरिएको हो ।
बदलिँदो जीवनशैली, प्याकेटका खानेकुरा, प्रशोधीत पदार्थ, व्यस्त जीवनशैली, नचाँहिदो सम्पती र प्रगतीको प्रतिस्पर्धाले मानिसको रक्तचाप बढिरहेको छ ।
उच्च रक्तचापबाट बच्न दैनिक व्यायाम गर्ने , वाहिरका खानेकुराहरु र प्याकेटका कुरा भन्दा घरको खानेकुरा खानु उपयुक्त हुने डाक्टरहरुको सुझाव छ ।
त्यस्तै जीवनमा अनावश्यक पिरचिन्ता नलिने हो भने पनि उच्च रक्तचापबाट बच्न सकिने विज्ञहरु बताउँछन् ।
उच्च रक्तचापका कारण हृदयघात,मृगौलामा समस्या , थाईरायडका जस्ता समस्या हुने हुँदा रक्तचापको अवस्था बारे स्वास्थ्य चौकि , अस्पतालमा गएर जचाँउन पनि उनीहरुको आग्रह छ ।
रक्तचाप सन्तुलनमा राख्न धुम्रपान, मद्यपानबाट टाढा रहनु राम्रो हुन्छ । त्यस्तै दैनिक व्यायाम गर्ने अनि खेलकुदमा आफूलाई संलग्न गराउने गरेमा उच्च रक्तचापबाट लाग्ने रोगहरुबाट मुक्त हुने विशेषज्ञहरु बताउँछन् ।