काठमाडौं, जेठ ३ –
नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० ले विभिन्न जनसंगठनको नेतृत्वको एकतालाई पूर्णता दिएको छ ।
पार्टी एकताको एक वर्ष तथा जननेता मदन भण्डारी र जीवराज आश्रितको स्मृति दिवस मनाउन तत्कालीन नेकपा एमालेको पुरानो कार्यालय मदननगर बल्खुमा आज आयोजित कार्यक्रममा ती नेतृत्वको नामावली सार्वजनिक गरिएको हो ।
पार्टीका महासचिव विष्णु पौडेलले बिहीबार सम्पन्न सचिवालय बैठकको निर्णयअनुसार ती २१ वटा जनसंगठनको नाम संयोजक सहसंयोजक र केन्द्रीय कमिटीको सङ्ख्या सार्वजनिक गरे ।
घोषित विवरणअनुसार अखिल नेपाल किसान महासङ्घको संयोजकमा वामदेव गौतम र सहसंयोजकमा चित्रबहादुर श्रेष्ठ, अखिल नेपाल राष्ट्रिय विद्यार्थी सङ्गठनको संयोजक ऐन महर, सहसंयोजक रञ्जित तामाङ, युवा सङ्घ नेपालको संयोजक रामप्रसाद सापकोटा ‘दीपशिखा’, सहसंयोजक रमेश पौडेल छन् ।
अखिल नेपाल महिला सङ्घको संयोजकमा अमृता थापा र सहसंयोजकमा सीता पौडेल, ट्रेड युनियन महासङ्घ नेपालको संयोजक विनोद श्रेष्ठ र सहसंयोजकमा जगत सिम्खडा, प्रेस सङ्गठन नेपालको संयोजकमा महेश्वर दाहाल र सहसंयोजक गणेश बस्नेत चयन भएका छन् ।
यसैगरी नेपाल बुद्धिजिवी सङ्गठनका संयोजक डा दिनेशचन्द्र देवकोटा, सहसंयोजकमा कृष्ण केसी, पेशागत महासङ्घ नेपालको संयोजकमा विश्वनाथ प्याकुरेल र सहसंयोजकमा दयाराम बस्याल, जनसांस्कृतिक महासङ्घ नेपालको संयोजकमा खगेन्द्र राई र सहसंयोजकमा सूर्य पौडेल ९सरल सहयात्री० छन् ।
त्यस्तै नेपाल दलित मुक्ति सङ्गठनको संयोजकमा तिलक परियार, सहसंयोजकमा ओमबहादुर विश्वकर्मा चयन भएका छन् ।
खेलकूद महासङ्घ नेपालको संयोजकमा पुरुषोत्तम पौडेल र सहसंयोजकमा शिव कोइराला घोषित भएका छन् ।
यसैगरी उद्योग व्यवसायी महासङ्घको संयोजकमा लक्ष्मीदास मानन्धर र सहसंयोजकमा श्याम पाठक, प्रवासी नेपाली मञ्च ९भारत० मा संयोजक लोकनाथ भण्डारी र सहसंयोजकमा ईश्वरी भण्डारी, नेपाल भूमिहीन सुकुम्वासी सङ्गठनको संयोजकमा रामप्रित पासवान र सहसंयोजकमा पदम देवकोटा, भूतपूर्व सैनिक तथा प्रहरी सङ्गठनको संयोजकमा धनबहादुर चन्द र सहसंयोजकमा जीवन बुढा, मानवअधिकार तथा सामाजिक अभियान नेपालको संयोजकमा मीनबहादुर शाही र सहसंयोजकमा हुकुम पोखरेल छन् ।
नेपाल कानून व्यवसायी सङ्गठन, नेपाल निर्माण व्यवसायी सङ्गठन र नेपाल इञ्जिनियर सङ्गठनको यसअघि नै एकता सम्पन्न भइसकेको थियो । बाँकी रहेको एकता प्रक्रिया चाँडै टुङ्गो लगाइने महासचिव पौडेलले जानकारी दिए । (रासस)