लुम्बिनी।
वैशाख शुक्ल पूर्णिमाका दिन आज देशभर २५६३औँ बुद्ध जयन्ती भगवान् गौतम बुद्धप्रति आस्था प्रकट गरी मनाइँदैछ ।साथै बिभिन्न समुदायले कुल पुजा पनि गरिरहेका छन्।
गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण प्राप्ति पनि वैशाख शुक्ल पूर्णिमाकै दिन भएकाले यस दिनलाई बौद्ध धर्मावलम्बीले त्रिसंयोग दिवसका नामले महत्वपूर्ण दिनका रूपमा लिने गर्छन् ।
यसैबीच शुभकामना सन्देश दिँदै राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको राष्ट्रगौरव र अमरज्योति गौतम बुद्धको जन्मजयन्तीका अवसरमा सम्पूर्ण बौद्ध धर्मावलम्बीलगायत समस्त नेपाली तथा शाक्यमुनि बुद्धको भ्रातृत्व, शान्ति, अहिंसा र करुणाप्रति विश्वास राख्ने स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण महानुभावमा शुभकामना व्यक्त गर्नुभएको छ ।
उपराष्ट्रपति नन्दबहादुर पुनले शान्ति अहिंसाका प्रतिमूर्ति एवं अग्रदूत भगवान् गौतम बुद्धले देखाउनुभएको सत्मार्गमा सबैका लागि अनुकरणीय र वर्तमान विश्वमा गौतम बुद्धबाट व्यक्त शान्ति र अहिंसाका सत्य वचनको महत्व र सान्दर्भिकता झनै बढेर गएको बताउनुभएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले शुभकामना सन्देश दिनुहुँदै “नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक तथा बहुधार्मिक मुलुक हो, विविधता हाम्रो आकर्षण र विविधताभित्रको एकता नै हाम्रो विशेष पहिचान हो” भन्नुभएको छ ।
यस्तै प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले वुद्धका उपदेश आज स्थापित वुद्ध दर्शन बौद्ध धर्मावलम्वीका लागि मात्रै नभएर सम्पूर्ण मानव जातिकै लागि अमुल्य निधि भएको बताउदै सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गन् भएको छ ।
यसैबिच बुद्धजयन्तीका अवसरमा बुद्ध जन्मस्थल लुम्विनीमा आज बुद्धजयन्ती मूल समारोह आयोजना गरीएको छ ।
लुम्विनी आयोजित बिभिन्न कार्यक्रममा सहभागि हुन प्रधानमन्त्री ओलि हिजो साझ नै लुम्विनी आउनु भएको छ । प्रधानमन्त्री ओली ले अहिले बिहान मायादेबि मन्दिरमा बिशेष पूजा गर्ने, शान्ती र्यालीको शुभारम्भ गर्ने भिक्षु भिक्षुणीहरुलाई भोजन दान गर्ने, फलफुलका बृक्षारोपण गर्ने र सबै भन्दा ठूलो राष्टिय झण्डाको झण्डोत्तोलन गरी उदघाटन गर्ने कार्यक्रम रहेको छ ।
बुद्धजयन्तीका अवसरमा आयोजना हुने बिशेष समारोहका प्रमुख अतिथि राष्टपति बिद्यादेबि भण्डारीले अहिले बिहान हेलिकप्टरबाट लुम्विनी आउने कार्यक्रम रहेको छ । राष्टपति भण्डारीले प्रदेश ५ को सरकारले घोषणा गरेको लुम्विनी भ्रमण वर्ष २०७६को औपचारिक शुभारम्भ गर्नुहुने छ ।