प्रदेश सरकारले आफूखुसी सार्वजनिक विदा दिन थालेपछि संघिय सरकारले विदामा अंकुश लगाएको छ । गृह मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गरी प्रदेश सरकारले बढीमा ६ दिन मात्रै विदा दिन पाउन व्यवस्था गरेको हो ।
गृह मन्त्रालयले राजपत्रमा सार्वजनिक गरेको सूचनामा सरकारले निर्णय गरी तोकेका सार्वजनिक विदाको अतिरिक्त प्रदेश सरकारले आफ्नो प्रदेशमा प्रचलित धर्म संस्कृति र रीतिरिवाज समेतलाई मध्येनजर गरी ६ दिन मात्र विदा दिन पाउने निर्णय गरेको हो ।
वर्षको बढीमा ६ दिन सम्मको सार्वजनिक विदामा सम्बन्धित प्रदेशमा रहेका सरकारका कार्यालय समेतमा सार्वजनिक विदाको दिन सकिने निणर्य गरिएको छ । सूचनामा प्रदेश सरकारले घोषणा गर्ने विदाको विषयमा प्रदेश सरकारले वर्षको शुरुमै प्रदेश राजपत्र प्रकाशित गरी विदाको निर्णय गर्नुपर्ने व्यवस्था गरिएको छ ।