राजनीतिक हस्तक्षेपको विरोधमा अर्घाखाँचीको शिवा दह माध्यमिक विद्यालयको पठनपाठन बन्द भएको छ ।
अर्घाखाँचीको शितगंगा नगरपालिका–६ जुकेनाको शिवा दह माध्यमिक विद्यालयको पठनपाठन बन्द भएको हो ।
विद्यालयको विकास निर्माणमा राजनीतिक दलहरुले हस्तक्षेप गरेको विद्यार्थीहरुले आरोप लगाएका छन । विद्यार्थीहरुले सोहि आरोपमा पठनपाठन ठप्प पारेका हुन् ।
उनीहरुले विद्यालयमा हुने राजनीतिक हस्तक्षेप बन्द गरी विकास निर्माणको कामलाई अघि बढाउन माग गरेका छन् ।