रामकृष्ण कडेल , चारपाला गुल्मी,
जेठ ५, २०७६
नेपाल सरकारका परराष्ट्रमन्त्री एवं गुल्मी क्षेत्र नम्बर १ का साम्सद प्रदिप कुमार ज्ञवालिले नेपालले अबका दिनमा कहिल्यै पनि बिगतमा जस्तो नाकाबन्दी भोग्नु नपर्ने बताउनु भएको छ।
परराष्ट्र मन्त्रीको हैसियतले आफुले भर्खरै मात्र चिन सग पारवहन सम्झौता गर्न सफल भएकोले अब नेपालको दक्षिणमा रहेको भारत मा मात्रै भर पर्न नपर्ने कुरा बताउदै अब उत्तरी नाकाहरु खुला भएकोले चीन हुँदै समुद्री माध्यम बाट समेत अन्य देश सङ्ग पनि जोडिन सकिने भएकोले बिगतमा जस्तो नाकाबन्दीको कल्पना समेत गर्नु नपर्ने कुरा बताउनु भएको छ ।
आइतबार गुल्मिको गुल्मिदरबार गाउँपालिका वाड नम्बर ७ र वाड नम्बर ३ राजा जोड्ने ठुलाचौर लामडाडा पौवाखर्क हरियाली सडक उद्घाटन गर्दै मन्त्री ज्ञवालिले आफुहरु निर्वाचित भए पछिको पछिल्लो एक वर्षमा बिकासको लागि जग बसिसकेकोले अब बिकास निर्माणले तिब्रता पाउनेमा सम्पुर्णलाई बिस्वस्त हुन आग्रह गर्नुभएको थियो ।

केन्द्र बाट आफ्नो पहलमा गुल्मिको बिकासको लागि १ अर्ब १२ करोड रकम छुट्टाउन सफल भएको र यो क्रमलाइ आगामी दिनमा निरन्तरता दिने बताउनु भएको थियो।
रेसुङ्गा बिमानस्थलको पिच , सालझण्डी खर्ज्याङ्ग ढोरपाटन फास्ट ट्रायक गुल्मिका विभिन्न बिध्यालयमा प्राविधिक शिक्षाको सुरुवात , खानेपानी समस्या ग्रामीण सडकको कालोपत्रे लगायतका बिकास निर्माणका कार्यहरु आफ्नो प्राथमिकतामा रहेको बताउदै निकट भबिस्य मै घुम्टी चारपाला खर्ज्याङ्ग मोटरबाटो कालो पत्रे गर्ने आश्वासन पनि दिनुभयो।
गुल्मी जिल्ला क्षेत्र नम्बर १ प्रदेश सभा २ का साम्सद तथा प्रदेश नम्बर ५ का विशेष अधिकार समितिका सभापति एवं कार्यक्रमका विशेष अतिथि कमल श्रेष्ठले ग्रामीण क्षेत्रको अहिलेको पहिलो आवस्यकता खानेपानी भएकोले समाधान गर्न प्रदेश सरकार लागिपरेको बताउनु भएको थियो ।
गाउँपालिका अध्यक्ष अशोककुमार थापाले २० बर्ष अघि देखिको योजना सफल भएकोमा खुशी व्यक्त गर्दै ग्रामीण बिकासको मुल आधार सडक संजाल भएकोले सडक स्तर उन्नतिको कार्यमा आफुले सहयोग गरिरहने बताउनुभएको थियो।
गुल्मी जिल्ला क्षेत्र नम्बर १ निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रम अन्तर्गतको ३० लाख र गाउँपालिकाको ५ लाख गरि कुल ३० लाखमा सम्पन्न भएको सडकको लम्बाई कुल ५ किमि रहेको छ ।