अनिल खत्री
५ जेठ, गुल्मी ,नेपाल कम्युनिष्ट पार्टी नेकपा गुल्मीका जिल्ला सदस्यहरुले सपथ लिएका छन् । जिल्ला कमीटीले पूर्णता पाएपछि आइतवार जिल्ला सदरमुकाम तम्घासमा आयोजित एक कार्यक्रममा परराष्ट्रमन्त्री एवं नेकपा केन्द्रिय स्थायी कमिटी सदस्य प्रदिपकुमार ज्ञवालीले सपथ ग्रहण गराएका थिए ।
गुल्मीमा जिल्ला कमिटीमा अध्यक्ष मधुकृष्ण पन्त र सचिव बिरबहादुर कार्की सहित १ सय ४५ जना जिल्ला कमिटीका सदस्यहरुले सपथ लिएका हुन् । गुल्मी जिल्ला कमिटीमा पूर्व एमालेबाट अध्यक्ष सहित ८८ जना र पूर्व माओवादीबाट सचिव सहित ५७ जना जिल्ला कमिटीमा मनोनित भएका छन् ।
सपथ ग्रहण पछि केन्द्रिय स्थायी कमिटी सदस्य ज्ञवालीले जिल्ला कमिटीका सदस्यहरुलाई प्रशिक्षण समेत गरेका थिए । प्रशिक्षणमा ज्ञवालीले पार्टी काममा दत्तचित भएर लाग्न निर्देशन दिएका थिए । उनले सरकारले अगाडी सारेको ‘सुखी नेपाली, समृद्घ नेपाल’ को नारा आत्मसात गर्दै अबको समृद्घि कृषि उत्पादनसँग जोडिनुपर्ने बताए ।