प्रहरीको सर्वाधिक खोजी रहेका विष्णु तामाङ ( काले )पक्राउ परेका छन ।
प्रहरीले काठमाडौंको टोखाबाट गोली हानेर तामाङलाई पक्राउ गरेको हो । काले भनिने तामाङ प्रहरीको सर्वाधिक खोजीको सूचीमा थिए ।
उनको दायाँ खुट्टामा गोली लागेको छ । घाइते तामाङको बीर अस्पतालमा उपचार भइरहेको छ ।
उनको ६ वटा अपराधका घटनालाई लिएर खोजी भइरहेको थियो । उनि टोखामा रहेको सूचना पाएपछि प्रहरी टोली उनलाई पक्रन सोमबार बिहान ८ बजे गएको थियो ।
सिन्धुपाल्चोकको मेलम्चीका तामाङले पूर्वएआईजी जयबहादुर चन्द र पूर्व डिआईजी विश्वराज सिंह शाहीको घरमा समेत लुटपाट गरेका थिए । यही कारण उनी ६ वर्ष कैद भुक्तान गरेर २०७२ सालमा रिहा भएका थिए ।
जेल सजाया भुक्तान गरेर निस्किएपछि पनि उनी अपराधमै संलग्न रहेको प्रहरीको भनाइ छ ।