विद्यालयको भौतिक निर्माणको काममा राजनितिक दलका प्रतिनिधिले हस्तक्षेप गरेको भन्दै अर्घाखाँची जुकेनाको शिवाहदह माध्यमिक विद्यालयका विद्यार्थीहरुले विद्यालयको प्रशासनमा तालाबन्दी गरेका छन् ।
उनिहरु बहालवाला प्रध्यानाध्यापकलाई हटाउन खोजिएको, विद्यालयमा शौचालय निर्माणका लागि, परेको बजेटमा राजनितिक हस्तक्षेप गरि फ्रिज गराउन खोजेको भन्दै विद्यार्थी आन्दोलनमा उत्रिएका हुन् ।
उनिहरुले लामो समय देखि दरबन्दी अनुसारका निम्न माध्यमिक तहमा २ जना र माध्यमिक तहमा १ जना विषयगत शिक्षक नहँुदा पठन पाठन प्रभावित भएको विद्यार्थीले बताएका छन् ।
दलका प्रतिनिधिले शिक्षक राख्ने विषयमा चासो नदिने, तर भौतिक पूर्वाधारको विषयमा अस्वभाविक हस्तक्षेप गरिएको भन्दै विद्यार्थीले ४ दिन देखि तालाबन्दी गरेका हुन् ।
तालाबन्दीका कारण विद्यालयका ५ सय भन्दा धेरै विद्यार्थीको पठनपाठन प्रभावित भएको छ ।