नेपाली काङग्रेश गुल्मीले सन्चालन गरेको राष्टिय जागरण कार्यक्रम रुरु गाउपालीका रिडिमा सम्पन्न भएको छ । राष्टिय जागरण कार्यक्रम रुरु गाउपालीका संयोजक अनन्त पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली कागे्रश गुल्मीका सभापति भुवन श्रेष्ठ प्रमुख अतिथि हुनुहुन्थ्यो ।
प्रमुख अतिथी श्रेष्ठले बर्तमान सरकार प्रजातन्त्र सिद्धाउने खेलमा लागेको ,त्यसको प्रत्यक्ष प्रभाब प्रतिपक्ष माथि देखिएको साथै सरकारले प्रतिपक्षको आवाज नसुनेको र प्रेस माथी संबिधान भन्दा बाहिर गई हमला गरेको आरोप लगाउनुभयो ।
संयोजक अनन्त पौडेलले स्थानिय तहमा पनि सरकार स्वेच्छाचारी हुदै जनउत्तरदायी नभएको र ठेक्का ,बिकासका काममा मनोमानी गर्दै अगाडि बढेको बताउनुभयो । कार्यक्रममा नेपाली काग्रेशका नेताहरु चन्द्र केसि ,त्रैलोक्य प्रताप सेन ,खिलध्वज पन्थी,पृथ बहादुर फौदार ,छन्द पहराई लगायतको सहभागिता रहेको थियो ।