राधा पोख्रेल गुल्मी जेष्ठ ७
सरस्वति माध्यमिक बिद्यालय छत्रकोट ३ भेडुवा गुल्मीमा बाल क्लव गठन गरिएको छ ।
जसअन्तर्गत कक्षा १० का रमेश बिक अध्यक्ष,कक्षा १० कि मिरा खत्री उपाध्यक्ष,कक्षा ९ की श्रेया अधिकारी सचिव,कक्षा १० का बिश्वराज महोत्रा कोषाध्यक्ष रहेका छन ।
यस्तै सदस्यहरुमा कक्षा ९ कि अस्मीता नेपाली,कक्षा ८ का गोबिन्द रजाली,कक्षा ७ का कमल खड्का, कक्षा ६ का आयुस टण्डन, कक्षा ५ का पर्सन महोत्रा र कक्षा ४ का निश्चल रजाली रहेका छन् ।
यसैबिच छत्रकोट गाउपालीका वडा नं ३ स्थित स्वास्थ्य चौकीका प्रमुख इन्द्रदेव पौडेलले बिद्यालयका कक्षा १ देखि १० सम्मका बिद्यार्थिहरुलाई जुकाको औषधी खुवाउने, हात धुने ,प्रजनन स्वास्थ्य र एचआइभि सम्बन्धी कक्षा ८ देखि १० सम्मका बिद्यार्थिहरुलाई स्वास्थ्य चेतना सम्बन्धी प्रशिक्षण दिनुभएको छ ।
बिद्यालयका प्रधानाध्यापक भुवन टण्डनको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको सन्चालन शिक्षक रामचन्द्र बिकले गर्नुभएको थियो ।