छत्रकोट गाउँपालिमा नेपाली काङ्ग्रेस गुल्मीले राष्ट्रिय जागरण अभियान कार्यक्रम सम्पन्न गरेको छ ।
जागरण अभियान कार्यक्रमका बक्ताहरुले, सरकार लोकतन्त्र र प्रजातन्त्र कमजोर बनाउन तर्फ उद्दत रहेको, सरकारले प्रतिपक्ष र प्रेश माथि गरेको पछिल्ला ब्यवहारले त्यसलाई पुष्टि गरेको बताएका थिए ।
कार्यक्रमका प्रमुख अतिथि नेपाली काङ्ग्रेस गुल्मीका सभापती भुवन श्रेष्ठले, नेपाली काङ्ग्रेस गुल्मीले देशमै नमुना काम गरेको बताउदै स्थानिय स्तरबाट नेपाली काङ्ग्रेस नजागे सम्म काङ्ग्रेस पछि परिरहने बताउनु भयो । पुर्व सभापती चन्द्र के शीले , गुल्मीमा बिकासको जग नेपाली काङ्ग्रेसले बसालेको हो, काङ्ग्रेसले अफुले गरेका कामको प्रचार गर्न सकेन , कम्युनिष्ठले प्रचार गर्न जानेकोले आजको परिणाम गुल्मीमा प्रतक्ष देखिएको बताउनु भयो । नेता खिलध्वज पन्थीले गुल्मीका काङ्ग्रेस अनुसासित र जागरुप नभएर समस्या भएको बताउदै आगामि दिनमा अनुसासित भएर अगाडी बढे गुल्मीमा काङ्ग्रेसलाई कसैले हराउन नसक्ने बताउनु भयो ।
कार्यक्रममा नेताहरु छन्द पहराई, बिष्णु सापकोटा, पृथ फौदार, अनन्त पौड्याल, झबिन्द्र बिक, धातानन्द चण्डारी, महेश्वर चण्डारी,लगायतले बोल्नु भएको थियो । छत्रकोट गाउँपालिमा सम्पन्न कार्यक्रमको अध्यक्षता राष्ट्रिय जागरण अभियान कार्यक्रम कार्यक्रम संयोजक श्री भलाजीले गर्नु भएको थियो । कार्यक्रम भुवन भुषाललेले संचालन गर्नु भएको थियो । गुल्मीमा भोली १२ वटै गाउँपालिको राष्ट्रिय जागरण अभियान कार्यक्रम सम्पन्न हुने छ ।