प्रेमनारायण आचार्य
अर्घाखाँची ८ जेठ -नेपाली कांग्रेस अर्घाखाँचीको जनजागरण अभियान अर्घाखाँचीको शितगंगा नगरपालिका ११ खयरभट्टीमा आज सम्पन्न भएको छ ।
कार्यक्रममा मन्तब्य राख्दै नेपाली काँग्रेसका नेता दिप कुमार उपाध्यायले दुई तिहाईको सरकारले पनि देशको आर्थिक आवस्थामा सुधार ल्याउन नसकेको बताउनु भएको छ । उहाले बर्तमान सरकारले नयाँ काम गर्न नसकेको बताउनु भयो ।
नेपाली काँग्रेसका पुर्व केन्द्रिय सदस्य रेवती प्रसाद भुसालले बर्तमान सरकार भ्रष्टाचारको वरिपरि रोमलिएको बताउनु भयो । उँहाले जनजागरण अभियानले कांग्रेसको संगठन बिस्तारमा महत्वपुर्ण भुमिका खेल्ने बताउनु भयो ।
कार्यक्रममा नेकपा परित्याग गरि नेपाली कांग्रेसमा प्रबेस गर्नेलाइ अविर लगाएर पाटी प्रबेस गराइएको छ । स्थानीय कृष्णबहादुर पुन, रेनु घर्ती, मिलन घर्ती, इन्द्रकला घर्ती, पुनम बिक, डुक बहादुर पल्ली, खुमकला खनाल, लगायतका झण्डै २२ जना नेपाली कांग्रेसमा प्रबेस गरेको नेपाली कांग्रेसका प्रचार प्रसार समितिका संयोजक माधव प्रसाद पौडेलले बताउनु भयो ।
कार्यक्रममा नेपाली कांग्रेसका प्रजातन्त्र सेनानी ओमबहादुर आले, नेपाली कांग्रेसका जिल्ला सभापति बिष्णु प्रसाद खनाल मुस्कान, पुर्व सभापति कमल भुसाल, जिल्ला उप सभापति शान्ता भण्डारी, जिल्ला सचिब छबिलाल पौडेल , महासमिति सदस्य तथा शितगंगा नगर प्रमुख सुर्य अधिकारी , महासमिती सदस्य केशव श्रेष्ठ, पुर्व सचिब लोकेन्द्र बिक , महाधीबेसन प्रतिनिधि लेखनाथ पोख्रेल, जिल्ला सदस्य नेत्र प्रसाद भटराइ, माधब प्रसाद पौडेल, पिताम्बर खनाल , बाबुराम भुसाल , हेमन्त बेल्बासे ,बिष्णु क्षेत्री , वडा अध्यक्ष कपिल आले, सितगंगा नगरपालिका संयोजक मोती बेल्बासे , महिला संघकी जिमा अर्याल, लगायतले मन्तब्य राखेका थिए ।
कर्णबहादुर रिजालको अध्यक्षता, सुरेन्द्र आलेको सञ्चालन र माधब पौडेलको स्वागत मन्तब्यमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममका जीवन वेल्वासेको अध्यक्षतामा १७ सदस्यीय नेपाल तरुण दल वडा कमिटिको गठन गरिएको छ ।