९ जेठ २०७६, अर्घाखाँची
जबरजस्ती करणी प्रकरणमा भएका पछिल्ला कदम प्रति अन्तरपार्टी महिला सञ्जाल अर्घाखाँचीले आपत्ती जनाएको छ ।
महिलाहरुले नै जबरजस्ती करणी गरेको आरोपमा मुद्धा दायर गरी अदालतमा पेश भएको बिषयलाई तीन पुस्ते विवरण खुलाई सामाजिक सञ्जालमा ल्याई प्रचार गर्नु महिला माथिको अर्को अपमान र ठुलो हिंसा भएको ठहर गर्दै आफ्नो गम्भिर ध्यानाकर्षण भएको अन्तरपार्टी महिला सञ्जालले जनाएको छ ।
नेपालको संविधान २०७२ ले नागरिकका अधिकारहरुलाई ग्यारेन्टी गदै नेपाली नागरिकलाई स्वतन्त्र र सार्वभौम गराएको भन्दै गत वैशाख २६ गते अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वाड नम्वर १ शान्ति वगैचाको होटल क्याराभानमा महिला जवर्रजस्ती करणीमा परेको भनि जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीमा पिडित महिलाहरुले उजुरी दिएकाले सो बिषयमा निर्वाद रुपमा प्रहरीको अनुसन्धानलाई अगाढि बढाउनुपर्ने अन्तरपार्टी महिला सञ्जालले माग गरेको छ ।
अन्र्तपार्टी महिला सञ्जल अर्घाखाँचीका अध्यक्ष छमकुमारी खनाल ‘चिनारी’, सचिव शुसिला गैरेद्धारा जारी गरिएको प्रेश बिज्ञप्तीमा कुनै महिलाको जिवननै बर्बाद हुने गरि घट्नाहरु बाहिर आईरहेकाले कानुन विपरित हुने अमानवीय कार्यको मुख दर्शक बन्न नसक्ने पनि बिज्ञप्तीमा भनीएको छ ।
सामाजिक सञ्जालमा ल्याई प्रचार गर्नु महिला माथिको अर्को अपमान र ठुलो हिंसा
अन्र्तपार्टी महिला सञ्जाल अर्घाखाँचीले जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले कानुन अनुसार छानविन तथा अनुसन्धान गरिरहेको सन्र्धभमा निहित स्वार्थ पुर्वक केहि मानिसहरुले पिडित र पिडितका परिवारलाई विभिन्न खालका दबाव र प्रलोभनमा पारी अनुसन्धानलाई बिथोल्न खोजेकोमा आपत्ती जनाएको छ ।
व्यक्तिको नाम थर गोप्य नै राखी अनुसन्धान कार्य गराउन पाउने गोपनियता सम्बन्धी पिडितको बैयत्तीक, मौलिक र कानुनी हक रहेको भन्दै गोपनीयताको पक्षलाई ख्याल नै नगरेर पिडितको तिन पुस्ते विवरण खुलाएर महिला माथिको अर्को अपराध थपिएको पनि बिज्ञप्तीमा उल्लेख छ ।
अन्तरपार्टी महिला सञ्जाल अर्घाखाँचीले उत्त प्रकरणलाई लिएर केहि अनलाइन मिडिया तथा ब्यक्तीगत अनुहार पुस्तीका अर्थात फेसबुकमा विभिन्न कुराहरु राख्ने र हटाउने जस्ता पत्रकार आंचार संहिता विपरितका कार्य भएको भन्दै गोपनीयताको हकलाई मध्यनजर गर्न पनि माग गरिएको छ ।
यता जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले भने घट्नाको अनुसन्धान भैरहेको बताएको छ ।