सुरेश छन्त्याल ,बागलुङ
कांग्रेस केन्द्रीय सदस्य एवं युवा नेता गगन थापाले प्रधानमन्त्री केपी ओलीले संविधानलाई किताब मात्र ठान्ने गरेको बताएका छन् ।
देशको मुल कानुनले निर्दिष्ट गरेको प्रावधानलाई उलंघन गर्दे प्रधानमन्त्रीले दुई तिहाईको दम्भमा मनलाग्दी गरेको थापाले आरोप लगाए । नेपाल भुतपूर्व सैनिक संघ बागलुङको ११ औं वार्षिक साधारणसभामा सम्बोधन गर्दे थापाले संविधानले लोकतान्त्रिक गणतन्त्र माने पनि सरकारले त्यसलाई अटेर गरेर संविधानको खिल्ली उडाएको बताए ।
‘संविधानलाई प्रधानमन्त्रीले किताबको रुपमा मात्र बुझेका छन्,’ उनले भने, ‘यो मुलुकको कानुन हो । संविधानअनुसार मात्र सत्ता संचालन हुने हो ।’ उनले मुलुकमा कम्युनिस्टहरुले कहिल्यै समृद्धि दिन नसक्ने बताए । अर्को प्रसंगमा थापाले सभामुख कुष्णबहादुर महरा प्रधानमन्त्रीसँग डराएर काम्ने गरेको आरोप लगाए । सभामुख सरकारको निर्देशनमा चले कांग्रेसले ससंद अवरोध गर्ने उनले चेतावनी दिए ।