बुटवल ।
नेपालि काग्रेसले सुरु गरेको राष्टिय जागरण अभियान अन्तरगत आज बिहान बुटवलमा भएको कार्यक्रमका सहभागिहरुले खुल्लासत्रमा सुझाव राख्दै पहिला केन्द्रियस्तरका नेताहरु मिलेर जिल्लामा आउन आग्रह गरेका छन । केन्द्रका नेताको मन र बोली एउटै नभएसम्म जस्तासुकै अभियान र कार्यक्रम गरेपनि पार्टी बलियो हुन नसक्ने बताएका छन ।
उनीहरुले काग्रेसका नेतामा समस्या भएको तर कार्यकर्तामा कुनै समस्या नरहेको बताउदै केन्द्रिय नेता मिलेर जिल्ला गाउ आए पार्टी त्यसै बलियो हुने र कुनै पनि चुनावमा कसैले हराउन नसक्ने बताए ।
कार्यक्रममा प्राध्यापक नुरजंग केसीले नेबि संघ मृत छ तरुण दल , महिला संघ तथा अन्य भातृ संघ सक्रिय छैनन जागरण अभियान भनिएको छ जनजीबिकाको कुरा छैन नेताको भाषण मात्र छ यसले नेताको मात्रै जागरण हुन्छ जनता कार्यकर्ता को जागरण हुदैन भन्नुभयो ।
बुटवल ११ का वडा सभापति प्रदीप कुमार श्रेष्ठले गुटवन्दीको अन्त्य नगरी थालिएको अभियानले कसको जागरण गर्ने हो पहिला रुपन्देहीमा वडादेखि जिल्लासम्मको गुट सुधार्नुहोस र केन्द्रका नेता एक हुनुहोस भन्नुभयो ।
बुटवल ६ का वडा सभापति कृष्ण न्यौपानेले गुटले पार्टी बिग्रिएको छ सभापतिलाई गाली गर्ने हो भने तालि बज्छ सरकारको बिरोध गर्दा कसैले सुन्दैन पहिला पार्टी भित्र एकता गरौ आफनै पार्टी नेताको आलोचना बन्द गरौ भन्नुभयो ।
कार्यक्रममा बिष्णु भण्डारी, यादव प्रसाद पाण्डे,कृष्ण जिसी,भेषराज पोख्रेल,यज्ञराज पौडेल,रिता केसी,गोपाल रिजाल लगायतले पार्टीका केन्द्रिय स्तरका नेताहरुलाई पार्टी एक भएर स्पष्ट एजेण्डा सहित जनता माझ आउन सुझाव दिनु भएको थियो ।
काग्रेस बुटवल नगरसभापति खेलराज पाण्डेको सभापतित्व र सचिव ज्योति भण्डारीको सञ्चालनमा भएको कार्यक्रममा पार्टीका केन्द्रिय सदस्य चन्द्र भण्डारी, जागरण अभियानका रुपन्देही जिल्ला प्रतिनिधि डिल्लि बहादुर चौधरी, राष्टिय योजना आयोगका पूर्व उपाध्यक्ष डा गोबिन्द पोखरेल, जिल्ला उप सभापति, फणीन्द्र शर्मा, प्रदेश सभा सदस्य रमा अर्याल, महासमिति सदस्य युबराज गिरि लगायतले बोल्नु भएको थियो ।