बुटवल ।
बुटवल मण्डपको साढे ५ बिगाहा जग्गामा प्रर्दशनी केन्द्र बन्ने भएको छ । राजमार्ग चौराहबाट पूर्वपट्टि रहेको बुटवल मण्डपको साढे ५ बिगाहा जग्गामा अन्र्तराष्टिय स्तरकाे प्रर्दशनी केन्द्र बन्ने भएको हो ।
अन्तर्रा्ष्ट्रिय स्तरको उच्च प्रविधियुक्त ‘बुटवल प्रदर्शनी केन्द्र’ निर्माणका लागि ‘ग्लोबल टेण्डर’ आह्वान भई क्यापासिटी इन्फ्रा प्रोजेक्ट गौरी पार्वती जेबि कम्पनीले ठेक्का लिईसकेको छ ।
बुटवल मण्डपमा देशकै नमुना प्रदर्शनी केन्द्र बनाउने लक्ष्यका साथ निमार्ण गरीने केन्द्रमा काठमाडौंको भृकुटी मण्डपजस्तै भित्र खुल्ला भएको ठूलो भवन हुनेछ । प्रदर्शनीको लागि विभिन्न व्यवस्थित दर्शकदीर्घा पनि बन्ने छन् ।
सोही प्रदर्शनी केन्द्रमै चिल्डेन पार्क, व्यवस्थित पार्किङ क्षेत्रसहित हरियालीयुक्त वातावरण तयार हुनेछ । निर्माण कार्य २७ महिनामा पुरा गर्ने योजना रहेको छ । निर्माण कम्पनीसंग २७ महिनामा सम्पन्न गर्ने गरी संझौता भइसकेको अन्तराष्टिय सभा हल तथा प्रदर्शनी केन्द्र निर्माण आयोजनाका प्रमुख तथा शहरी विकास र भवन निर्माण विभागका बरिष्ठ इञ्जिनियर शिखर लामा तामागंले जानकारी दिनुभयो ।
प्रदर्शनी केन्द्र निर्माण हुने स्थान बुटवलमण्डपमा ५ सय २५ वटा रुख परेपछी त्यसको कटान गर्ने बिषयमा बिहीवार वन मन्त्रालयमा समझदारी भएको छ ।
समझदारीमा हस्ताक्षर भए अनुसार प्रदर्शनी केन्द्र बन्ने स्थान बुटवलमण्डपमा एउटा रुख काटे वापत बुटवल उपमहानगरपालिका र आयोजनाले २५ वटा रुख रोप्नु पर्ने छ । यो समझदारी अनुसार अव बुटवल उपमहानगरपालिकाले कम्तीमा ३ हजार १ सय २५ बिरुवा रोप्नु पर्ने छ ।
त्यस्तै बुटवलमण्डपका रुख काटदा डिभिजन वनको रोहवरमा काट्ने र लिलाम प्रक्रिया पनि डिभिजन कार्यालय मार्फत नै गर्ने उल्लेख छ । केन्द्र निर्माणका लागि तयार गरीएको ईर्आए रिपोर्टको पुर्ण पालना गर्ने पनि समझदारी गरीएको छ ।
यि सबै कार्यमा बुटवल उपमहानगरपालिकाले सहयोग गर्ने छ ।
अन्र्तराष्टिय प्रदर्शनी केन्द्र निर्माणका लागि ठेक्का भई रुख कटानको समझदारी भएपछी आयोजनाले शिलान्यासको समेत तयारी गरेको छ । जेठ १३ गते सोमवार बिहान यस क्षेत्रका प्रतिनिधि सभा सदस्य तथा नेकपाका महासचिव बिष्णु प्रसाद पौडेलले केन्द्रको शिलान्यास गर्ने कार्यक्रम तय भएको छ।