काठमाडौँ, १२ जेठ ।
नेपाल कम्युनिस्ट पार्टीले भोलि जेठ १३ गते नेपाल बन्दको घोषणा गरेको छ । पार्टीका युवा संगठनका सदस्य तीर्थराज घिमिरे, प्रहरीले गरेको कारबाहिमा मारिएकाे बिरोधमा भोलि नेपाल बन्दको घोषणा गरेको बताइएको छ ।
नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले गत बुधबार एक विज्ञप्तिमार्फत जेठ १३ गते नेपाल बन्दसहितको चरणबद्ध संघर्षका कार्यक्रमहरु घोषणा गरेको थिए ।
सांगठनिक कामको सिलसिलामा गत मंगलबार भोजपुर र खोटाङको सीमानामा पर्ने मैयुमको धोत्रेमा युवा संगठनका तीर्थराज घिमिरे राजुलाई सुरक्षा फौजले गिरफ्तार गरी दोहोरो भीडन्तको नाममा हत्या गरेको नेकपाले विज्ञप्तिमा जनाइएको छ । नेकपाले सबै मानवअधिकार कर्मी, नागरिक समाज, पत्रकारले तीथराज घिमिरेको हत्या घटनाको सत्यतथ्य छानविन गरी सार्वजनिक गर्न विज्ञप्तिमार्फत माग पनि गरेको छ । हत्या हिंसाका विरुद्ध पार्टीले प्रतिरोध गर्नुको विकल्प नरहेको अवस्थामा तत्कालका लागि बन्दसहितको संघर्षका कार्यक्रम घोषणा गरिएको विज्ञप्तिमार्फत सार्वजनिक गरेको छ।