गुल्मी ।
सरकारद्धारा प्रतिबन्धित बिप्लव नेतृत्वको नेकपाले आज बन्द आब्हान गरेको छ ।
गत बुधवार भोजपुरमा प्रहरीसंगको गोली हानाहानमा आफना कार्यकर्ता मृत्यु भएपछी त्यसको बिरोधमा बिप्लव समूहले आज नेपाल बन्द घोषणा गरेको हो ।
प्रहरीको गोलि प्रहारबाट गम्भिर घाइते भएका भोजपुरको षडानन्दनगरपालिका २ का नेकपाका कार्यकर्ता ३२ बर्षिय तिर्थराज घिमिरेको धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि लैजाने क्रममा बाटैमा मृत्यु भएको थियो ।
नेकपाले सामान्य निशस्त्र मान्छेलाई कब्जामा लिई योजनाबद्ध तरिकाले गोलि हानेर प्रहरीले हत्या गरेको बताउदै बिरोधमा बन्द आब्हान गरेको हो ।
बिप्लव समूहले आब्हान गरेको बन्दको प्रभाव गुल्मि,पाल्पा,अर्घाखाँची, बुटवल तथा आसपासको क्षेत्रमा बिहानैदेखि परेको छ । गुल्मि,पाल्पा,अर्घाखाँची बाट बुटवल, काठमाण्डाै तथा स्थानिय
लामो तथा छोटो दुरीमा चल्ने बस तथा कुनै यातायतका साधन छुटेका छैनन । सडकमा कताकति मोटरसाइकल मात्र चलेका छन ।उधाेग स्कुल पसलहरु पनि खासै खुलेका छैनन ।