केहरसिंह राना
वामी गुल्मी ।
गुल्मीको मुसिकोट नगरपालिका वडा ७ को वामी पल्टारमा पिउने पानीको समस्या भएको छ । करङ खोला,झुमरेको पानीको मुहान सुक्दै गएपछि पिउने पानीको अभाव हुन थालेको हो । पानीका मुहानहरु सुक्दै जान थालेपछि अहिले प्रत्येक दिन १०, १५ मिनेट मात्र पानि आउन थालेपछि पानीको समस्या हुन थालेको स्थानियको गुनासो रहेको छ । लामो समय सम्म पानी पनि नपरेको र गत बर्ष बर्षाको समयमा प्रयाप्त रुपमा पानी नपरेकोले पानीका मुहानमा पानी कम भएपछि अहिले पानिको अभाव सिर्जना भएको छ ।
पानीका मुहानहरु सुक्दै जान थाले पछि अहिले स्थानिय करिव ३ किलोमिटरको दुरिमा रहेको पानीको मुहान बाट पानी बोक्न बाध्य भएका छन् । साझको समयमा सबै काम छोडेर पानीको जोहो गर्नको लागी स्थानियहरुले धेरै सास्ती खेप्नुपरेको बताएका छन । अहिले मुसिकोट नगरपालिका भित्र एकघर एकधारा आभियान चलिरहेको छ ।