बुटवल ।
लैङ्गिक तथा बाल न्याय सम्बन्धि प्रदेश स्तरीय प्रशिक्षण बुटवलमा साेमबार देखि शुरु भएको छ ।
महान्यायाधिबक्ताको कार्यालय काठमाण्डौको आयोजनामा शुरु भएको प्रशिक्षणमा ५ नं प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका अनुसन्धान अधिकृत,सरकारी वकील र कर्मचारीहरुको सहभागिता रहेको छ ।
प्रशिक्षणको उद्घाटन गर्दै उच्च अदालत तुल्सीपुर –बुटवल इजलासका न्यायाधिश रमेश खत्रीले कानून अनभिज्ञता क्षम्य नहुने भएकाले सबैले बुझ्नुपर्ने बताउनुभयो । न्यायका क्षेत्रमा काम गर्नेहरु कानूनको विषयमा स्पष्ट हुन जरुरी रहेको उहाँको भनाइ थियो ।
नायब महान्यायाधिबक्ता पद्म प्रसाद पाण्डेयले गलत सिकाइ र बुझाइले समाजमा द्धन्द्ध सृजना हुने भएकाले बुझाइमा स्पष्टता हुनुपर्ने बताउनुभयो ।
दुइ दिनसम्म चल्ने प्रशिक्षणमा उच्च अदालत तुल्सीपुर –बुटवल इजलासका न्यायाधिस बामदेब ज्ञवाली, नायब महान्यायाधिबक्ता पद्म प्रसाद पाण्डेय, सह न्यायाधिवक्ताद्धय उद्धव प्रसाद पुडासैनी र रामकुमार थापाले लैङ्गिक तथा बाल न्याय सम्बन्धि विभिन्न विषयमा प्रशिक्षण दिने कार्यक्रम रहेको महान्यायाधिबक्ताको कार्यालयका शाखा अधिकृत ररोशी भण्डारीले जानकारी दिनुभयो ।