बुटवल ।
प्रदेश नं ५ को नीति तथा कार्यक्रम बहुमतले पारीत भएको छ ।
आज बसेको प्रदेश सभा बैठकले प्रदेशसभामा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रमुख सचेतक सुरेन्द्र बहादुर हमालले प्रस्तुत गरेको संसोधनको प्रस्ताव बहुमतले अस्विकृत गरेको थियो ।
प्रदेशसभामा हिजो र आज भएको नीति तथा कार्यक्रममाथिको छलफलपछि आज बेलुका प्रदेशसभाको बहुमतले नीति तथा कार्यक्रम पारीत गरेको थियो ।
मुख्यमन्त्री शंकर पोखरेलले नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिनु भएको थियो ।