बुटवल ।
गणतन्त्र दिवसको दिन जेठ १५ गते प्रदेश ५ को सरकारले सार्बजनिक बिदा नदिने भएको छ ।
प्रदेश ५ को सरकारले गणतन्त्र दिवश बिभिन्न कार्यक्रम गरी मनाउन सुरु गरेको छ ।
प्रदेश सरकारले ३ दिनसम्म गणतन्त्र दिवस मनाउने निणर्य गरे अनुसार आज बिभिन्न स्थानीय तहले आफना क्षेत्रमा सरसफाई गरेका छन भने साझ प्रदेश सरकारको आब्हानमा दीपावली गर्ने तयारी गरेका छन ।
भोली गणतन्त्र दिवशको मुख्य दिन बिहान राजमार्ग चौराहाबाट प्रभातफेरी सुरु भई बुटवलमण्डपमा पुगेर बिशेष समारोहमा परिणत हुने कार्यक्रम रहेको छ । बिशेष समारोह प्रदेश प्रमुख उमाकान्त झाको प्रमुख आतिथ्यमा हुने छ ।
भोली साझ प्रदेश प्रमुखको कार्यालय, मुख्यमन्त्रीको कार्यालय सहित प्रदेश सरकारका बिभिन्न मन्त्रालय र कार्यालयहरुमा दीपावली गर्ने कार्यक्रम रहेको छ ,
त्यस्तै पर्सी बिभिन्न सामाजिक सस्थाको आयोजनामा रक्तादान तथा आश्रमहरुलाई सहयोग गर्ने कार्यक्रम तय गरेका छन ।
यसैबिच गणतन्त्र दिवसको मुख्य दिन जेठ १५ गते गतवर्ष सार्वजनिक बिदा दिएको प्रदेश ५ को सरकारले यस वर्ष सार्बजनिक बिदा नदिने भएको छ ।
गत वर्ष बिदा दिइएपनि यस वर्ष बिदा दिने निणर्य नगरीएको प्रदेश सरकारका प्रवक्ता भौतिक पूर्वाधार बिकास मन्त्री बैजनाथ चौधरीले जानकारी दिनुभयो ।