छत्रकोट गाउँपालिका वडा नम्बर २ पल्लिकोट गुल्मीमा महिला नेत्रृत्व बिकास तथा उद्घोषण तालिम सम्पन्न भएको छ ।
छत्रकोट गाउँपालिका गुल्मीको महिला लक्षित कार्यक्रम अन्तरगत जेठ १२ गते देखि १४ गतेसम्म महिला नेत्रृत्व बिकास तथा उद्घोषण तालिम गरिएको हो ।
वडा नम्बर २ पल्लिकोटको साबिकको प्रत्यक वडा बाट २ जना गरि १८ जना स्थानिय महिलाको सहभागितामा सम्पन्न महिला नेत्रृत्व बिकास तथा उद्घोषण तालिमको समापन समारोहमा कार्यक्रका प्रमुख अतिथि छत्रकोट गाउँपालिकाको प्रमुख प्रशासकिय अधिकृत मधुकृष्ण पौड्यालले स्थानिय बिकास निर्माण तथा कार्यक्रममा महिला नेतृत् वगर्न अगाडि बढ्नु पर्ने बताउनु भयो ।
समारोहको अध्यक्षता वडा नम्बर २ पल्लिकोटका अध्यक्ष रुक बहादुर राकसकोटीले गर्नु भएको थियो । वडा अध्यक्ष राकसकोटीले तालिम ब्यवहारमा लागू गरि स्थानिय बिकास निर्माण तथा कार्यक्रममा सक्रिय सहभागि हुन तालिम महिलालाई अनुरोध गर्नु भएको थियो ।
कार्यक्रममा वडा सदस्य अन्जना परियारले सुभकामना मन्तब्य राख्नु भएको थियो ।
सहभागि मोनिका भण्डारी, धनकला आले र रुपा बलालले प्रशिक्षार्थिको तर्फ बाट धन्यबाद मन्तब्य राख्नु भएको थियो । कार्यक्रम वडा सचिब मेघलाल पाण्डेयले संचालन गर्नु भएको थियो ।