गुल्मी।
आज गणतन्त्र दिवश । बिभिन्न कार्यक्रम गरी मनाइदै छ ।
विसं २०६५ साल जेठ १५ गते ऐतिहासिक संविधानसभाको पहिलो बैठकले राजतन्त्रको अन्त्य गरि नेपाललाई संघीय गणतान्त्रिक मुलुक घोषणा गरेको थियो ।
जनआन्दोलन २०६२ / ०६३ को जगमा गणतन्त्र घोषणा भएको ऐतिहासिक दिनको स्मरण गर्दै हरेक वर्ष जेठ १५ गते देशभर विभिन्न कार्यक्रम गरि गणतन्त्र दिवस मनाउने गरीन्छ ।
१० वर्षे सशस्त्र जनयुद्ध र १९ दिने जनआन्दोलको बलमा स्थापित गणतन्त्रलाई ऐतिहासिक दिनको सम्मान स्वरुप सरकारले यो दिवश मनाउने गरिएको हो ।
११ औँ गणतन्त्र दिवशको अवसरमा प्रदेश ५ को राजधानी बुटवल लगायत जिल्ला जिल्लामा अहिले बिहान प्रभात फेरी र गणतन्त्र दिवश मुल समारोह आयोजना गरीएको छ ।
गणतन्त्र दिवशको अवसरमा प्रदेश ५ को सरकारले गत वर्ष सार्बजनिक बिदा दिएपनि यस वर्ष सार्बजनिक बिदा दिएको छैन ।