काठमाण्डौ ।
आगामी आर्थिक वर्षको बजेट आज आउदै छ ।
आजको संसद बैठकमा अर्थमन्त्री डा युवराज खतिवडाले आगामी आर्थिक वर्ष २०७६/०७७ को बजेट सार्बजनिक अर्थात पेश गर्नु हुने छ ।
आज पेश हुने बजेट तयार भएको छ। गएमध्यराति १२ बजेसम्म बसेर बजेट तयार गरिएको हो। अर्थमन्त्री खतिवडा बजेटको अन्तिम ड्राफ्ट पढेर मात्र गएराति अर्थ मन्त्रालयबाट निवास जानु भएको थियो ।
बेलुकी ९ बजे अर्थमन्त्रालयको छतमा खाना खाएपछि पूर्ण बजेट तयारीमा पुगेको थियो। सचिवसहितका केही अधिकारी अर्थमन्त्रालय नै सुते पनि मन्त्री भने १२ बजेपछि निवास जानु भएको थियो ।
करिब १५ खर्ब ३० अर्बको बजेट ल्याउने तयारीमा रहेका अर्थमन्त्री खतिवडाले राजनीतिक दबाब थेग्न नसकेपछि आन्तिरक ऋणको सीमा बढाएरै १६ खर्ब नजिकको बजेट ल्याउने तयारी गर्नु भएको छ। यसमा ६५ प्रतिशत राजस्व र ३५ प्रतिशत आन्तरिक तथा बाह्य ऋणसहित सहायता रकमको योगदान रहने अनुमान गरिएको छ।
अर्थमन्त्रालय राजस्व शाखाको टिम आज बिहान पनि ६ बजेदेखि नै काममा खटिएको छ। मन्त्री खतिवडा अहिले ७ बजे मन्त्रालय आईपुग्ने बताउनु भएको छ ।सर्भरमा राजस्वका दरहरू चढाउनका लागि बिहानै यो टिमलाई बोलाइएको हो। विनियोजन विधेयक र बजेट भाषण १० बजेपछि प्रेसमा पठाइने जानकारी दिइएको छ।