कमल पौडेल
१५ जेठ २०७६, बागलुङ
वडिगाड गाउँपालिका भित्रका आधारभुत तथा माध्यमिक तहका शिक्षकहरुको लागी ५ दिने सुचना सञ्चार, तथा प्रविधि सम्बन्धि क्षमता अभिवृद्धि तालिम खर्वाङमा सम्पन्न भएको छ।
बडिगाड गाउँपालिका शिक्षा शाखाको आयोजनामा संचालित सो तालिममा गाउँपालिका भित्रका २४ जना शिक्षकहरुको सहभागिता रहेको थियो। तालिममा त्रिभुवन नमुना माविका आइ.सि.टि. शिक्षकहरु कृष्ण प्रसाद पोखरेल र कमल पौडेलले सहजिकरण गर्नुभएको थियो।
तालिमले विद्यालयमा कम्प्यूटर कक्षा संचालन गर्न तथा कक्षा कोठामा सुचना, सञ्चार प्रविधि प्रयोगमा सघाउपुग्ने बडिगाड गाउँपालिकाका शिक्षा अधिकारी कृष्णराज रेग्मीले बताउनुभएको छ।
त्यस्तै गणतन्त्र दिवसको पूर्व सन्ध्यामा बडिगाड गाउँपालिका शिक्षा शाखाको आयोजनामा प्रतिभा पहिचान कार्यक्रम अनुसार विद्यालय स्तरिय वक्तृत्वकला तथा लोकगित नृत्य प्रतियोगीता ग्वालीचौर खार बजारमा सम्पन्न भएको छ।
कार्यक्रममा वडिगाड गाउँपालिकाका उपाध्यक्ष अमर वहादुर श्रीसले विद्यालयहरु विद्यार्थीको सर्वाङ्गीण विकासको लागि प्रयत्नशिल भैरहनुपर्ने वताउनु भएको छ। भविश्यका देशका कर्णधारहरुलाई विद्यालयले उचित बातावरण सिर्जना गरि अगाडि वढाउनुपर्ने बताउनुभयो। सो कार्यक्रममा ११ ओटा विद्यालयको सहभागिता रहेको लोकगित नृत्य तर्फ भानु मावि प्रथम, पौंदिटारी आधारभूत विद्यालय द्धितिय, बनस्पति मावि तृतिय र त्रिभुवन मावि सान्तोना भएका छन्। त्यस्तै ७ विद्यालय सहभागि रहेको वक्तृत्व कला प्रतियोगीतामा खड्क देवि मावि तुन्डाडाकी विपना दर्लामी प्रथम, त्रिभुवन मावि खर्वाङकी अस्मीता वन द्धितिय तथा भिमगिठे मावि भिमगिठेकी सिर्जना खरेल तृतिय भएका छन्।
कार्यक्रम बडिगाड गाउँपालिका वडा नं. ३ का अध्यक्ष तथा सामाजिक विकास समितिका संयोजक खड्क पुनको अध्यक्षता, शिक्षा अधिकृत कृष्णराज रेग्मीको स्वागत मन्तव्य तथा टिका पाइजा र वुद्ध संगमको संचालनमा सम्पन्न भएको थियो।