कमल पौडेल
१४ जेठ २०७६, बागलुङ
बडिगाड गाउँपालिका वडा नं. १ दगामा भलिवल पोलले च्यापीएर एक वालकको ज्यान गएको छ।
सोहि स्थानका जंग वहादुर पुनका ७ वर्षिय छोरा निर्मल पुनको उपचारको क्रममा मृत्यू भएको प्रहरीले जनाएको छ। दगातुन्डाडा प्राविको कक्षा २ मा अध्ययनरत पुनको सोमबार साँझ स्थानीय युवाहरुले वलको नेट तानिरहेको समयमा पोल ढल्दा नजिकै रहेका बेला टाउकोमा गम्भिर चोट लागेको र उपचारको क्रममा ज्यान गएको स्थानियले वताएका छन्।
शवलाई मंगलवार दिउसो पोष्र्टमाटमको लागी इलाका प्रहरी कार्यालय हरिचौर पठाइएको छ। सो समयमा खेलीरहेका युवाहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान भैरहेको प्रहरीचौकी खर्वाङले जनाएको छ।