गुल्मी
गुल्मी जिल्लाको मदाने गाउँपालिका वडा नं ६ पुर्कोटदहमा सञ्चालित जनज्योती क्याम्पसको सञ्चालक समितिमा नेपाली काँग्रेसले अंगाडी सारेको प्यानल नै बिजयी भएको छ ।
आज भएको तेस्रो अधिवेशनबाट नेपाली काँग्रेसले अंगाडी सारेको प्यानलबाट अध्यक्ष पदमा महेन्द्रबहादुर कवँर निर्वाचित हुनु भएको हो ।
निर्वाचित कुवँरले १३३ मत प्राप्त गर्नुभएको थियो भने नेकपाका उम्मेदवार अध्यक्षका प्रतिस्पर्धी शेरबहादुर कुवरले २ मत प्राप्त गर्नुभएको निर्वाचन समितिका संयोजक दिपकबहादुर शाहीले जानकारी दिनुभयो । उहाँका अनुसार निर्वाचनमा १३९ मत खसेको थियो ।
समितिको उपाध्यक्षमा भोजबहादुर कुवँरले १२८ मत प्राप्त गर्दा प्रतिस्पर्धी नेकपाका उम्मेदवार गोबिन्दबहादुर कुवँरले ५ मत प्राप्त गर्नुभएको छ । त्यस्तै कोषाध्यक्षमा नङनारायण भट्टराईले १३० मत प्राप्त गर्नुभएको छ । उहाँका प्रतिद्वन्दी गुमानसिंह क्षेत्रीले ५ मत प्राप्त गर्नुभएको छ ।
क्याम्पस सञ्चालक समितिको सदस्यहरुमा १३३ मत सहित श्यामलाल भुसाल, १२६ मत सहित भानु पन्थी, १३० मत सहित पुष्कर थापा, १२४ मत सहित मुक्तबहादुर सेन, १३० मत सहित हिक्मत थापा, १२७ मत सहित यमबहादुर कुवँर र १२६ मत सहित हुमबहादुर कुवँर निर्वाचित हुनु भएको छ ।
त्यस्तै सदस्यमा महिलाबाट १२७ मत सहित हुमा थापा, दलितबाट १२८ मत सहित हिराबहादुर बिक र जनजातीबाट १२५ मत सहित हुम प्रसाद श्रेष्ठ निर्वाचित हुनु भएको निर्वाचन समितिले जनाएको छ । निर्वाचनमा नयाँ शक्ति पार्टी, राष्ट्रिय जनमोर्चा र राप्रपाले पर्यावच्छेकको भूमिका निर्वाह गरेको क्याम्पस प्रमुख देवीराम भुसालले बताउनु भयो । ११ वर्षपछि क्याम्पको नेतृत्वमा नेपाली काँग्रेस पुगेको हो । निर्वाचनको अन्तिम समयमा निर्वाचनमा सहभागि नहुने भन्दै नेकपा उम्मेदवार बाहिरिएका थिए ।