थमन थापा
बागलुङ जेठ १५
गलकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिशिर पौडेलले स्वास्थ्य चौकीमा औषधी अभाव हुन नदिन आफु सदैव प्रतिवद्व रहने बताउनु भएको छ ।
गलकोट नगरपालिका वडा नं ८ मा कॉडेबासमा कॉडेबास स्वास्थ्य चौकीको सामाजिक परिक्षण कार्यको सार्वजनिकीकरण आम भेलालाई सम्बोधन गर्दै यस्तो बताउनु भएको हो ।
त्यसको लागि अहिले पालिका भित्र रहेका स्वास्थ्य संस्थाहरुलाई आवश्यकता हेरी सुधार गर्दै लैजाने अधिकृत पौडेलको भनाई छ । आम भेला गलकोट सामुदायिक सेवा केन्द्र बागलुङको आयोजना तथा गलकोट नगरपालिकाको आर्थिक सहयोगमा सम्पन्न भएको हो ।
भेलामा स्वास्थ्य संस्थामा सुसासन, पारदर्शिता, ईकाईमा मार्फत उपलब्ध सेवा सुविधा, जनताका गुनासा, सुझाव सल्लाहहरुको विषयमा अन्तरकृया गरिएको थियो । भेलामा सामाजिक परिक्षण कार्यक्रमको प्रस्तुतिकरण सामाजिक परिक्षक मञ्जु शर्मा चालिसेले प्रस्तुत गर्नुभएको थियो ।
सो अवसरमा स्थानियले स्वास्थ्य संस्थामा पर्याप्त औषधीहरु नपाएको, सरकारले तोकेका ४६ वटा औषधीहरु मध्य २र४ औषधी मात्र पाप्त गर्ने गरेको, सुत्केरी भत्ता नपाएको, प्रसुति गृह प्रति जनविश्वास बढाउनु पर्ने लगायतका विषयहरु उठान गरेका थिए ।
आम भेलामा उठेका स्वास्थ्य सम्बन्धि जिज्ञासा तथा सवालहरुको कॉडेबास स्वास्थ्य चौकी प्रमुख मुकेश कुमार महतो, गलकोट नगरपालिकाका स्वास्थ्य संयोजक मिनराज गैरे, प्रमुख प्रशासकीय अधिकृत शिशिर पौडेल र स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष तथा कार्यवहाक वडा अध्यक्ष घनश्याम चालिसेले प्रतिवद्वता सहित स्पष्ट पार्नु भएको थियो ।
सो अवसरमा नेपाल कम्युनिष्ट पार्टी नेकपा गलकोट नगर कमिटी सदस्य भीम शेरचन, नेपाली कॉग्रेस कॉडेबासका उपसभापति ढालेन्द्र प्रसाद गौतम, राष्ट्रिय जनमोर्चा कॉडेबासका अध्यक्ष श्याम सुनार, शिव माध्यमिक विद्यालयका प्रधानध्यापक हरि चालिसे र संस्कृति संरक्षण मञ्च कॉडेबासका प्रतिनिधी पदम सलामीले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रम कॉडेबास स्वास्थ्य चौकी सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष घनश्याम चालिसेको अध्यक्षता, स्वास्थ्य चौकी प्रमुख मुकेश कुमार महतोको स्वागत र सामाजिक परिक्षक थम्मन थापा सन्देशको सञ्चालनमा सम्पन्न भएको थियो ।